नेतृत्वको आलोचना गर्दै सामाजिक सञ्जालमा नलेख्न ईश्वर पोखरेलको निर्देशन « Khabarhub

नेतृत्वको आलोचना गर्दै सामाजिक सञ्जालमा नलेख्न ईश्वर पोखरेलको निर्देशन


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्वको आलोचना गर्दै सामाजिक सञ्जालमा नपोखिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न धरान पुगेका उनले पार्टीले देशको समग्र पाटोलाई परिवर्तन गर्ने भन्दै साना तिना कमिकमजोरीमा फेसबुकलगायतका सामाजिक सञ्जालमा पोखिनुपर्ने अवस्था नरहेको बताए ।

पार्टी एकीकरणको प्रक्रिया र नेतृत्वले गर्न नसकेको कामको बारेमा सामाजिक सञ्जालमा टिक्का टिप्पणी गर्ने कार्यकर्ता प्रति निक्कै रुष्ट देखिएका पोखरेलले पार्टीमा निरन्तर अपडेट नहुने कार्यकर्ता आउट हुने चेतावनी दिए ।

नेकपाका केन्द्रिय सदस्य तथा सुनसरीका इन्चार्ज धर्म निरौलाको नाम नै तोकेर सचिवालय सदस्य पोखरेलले सामाजिक सञ्जालमा पोखिने भावनाले आफैंलाई घाटा गर्ने भन्दै आलोचना गरे ।

उनले आम जनता र दुवै पार्टीका कार्यकर्ताको भावना अनुसार नै पार्टी एकता गरिएको बताए । अब चाँडै नै एकता प्रक्रियाले पूर्णता पाउने र सबैले जिम्मेवारी पाउने पनि स्पष्ट पारे ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : ०९ बजे

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित