टस जितेर नेपाल बलिङ गर्दै, कप्तानी ज्ञानेन्द्रलाई « Khabarhub

टस जितेर नेपाल बलिङ गर्दै, कप्तानी ज्ञानेन्द्रलाई


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टि–२० विश्वकप छनोट एसिया फाइनलमा नेपालले आफ्नो दोस्रो खेलमा मलेसिया विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

इन्डियन एसोसियसन मैदानमा हुने खेल बर्षाका कारण प्रभावित भएपछि खेल ९ ओभरमा झारिएको छ । आजको खेलमा कप्तान पारस खड्का टिमबाहिर छन् । खड्का टिममा नरहँदा नेपाली टोली ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको छ।

यस्तै, आजको खेलमा नेपाली टोलीमा २ जना खेलाडी परिवर्तन भएका छन् । कप्तान खड्का चोटका कारण मैदान बाहिर रहँदा स्पिनर ललित नारायण राजवंशी भने प्लेइङ ११ मा अटाएका छैनन्।

आजको खेलमा खड्का र राजवंशीको स्थानमा रोहित कुमार पौडेल र प्रदिप ऐरीले मैदान प्रवेश पाएका छन् ।

नेपालको प्लेइङ ११ मा कप्तान ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनास बोहोरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, प्रदिप ऐरी ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ९ : ३३ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले