टस जितेर नेपाल बलिङ गर्दै, कप्तानी ज्ञानेन्द्रलाई « Khabarhub

टस जितेर नेपाल बलिङ गर्दै, कप्तानी ज्ञानेन्द्रलाई


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टि–२० विश्वकप छनोट एसिया फाइनलमा नेपालले आफ्नो दोस्रो खेलमा मलेसिया विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

इन्डियन एसोसियसन मैदानमा हुने खेल बर्षाका कारण प्रभावित भएपछि खेल ९ ओभरमा झारिएको छ । आजको खेलमा कप्तान पारस खड्का टिमबाहिर छन् । खड्का टिममा नरहँदा नेपाली टोली ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको छ।

यस्तै, आजको खेलमा नेपाली टोलीमा २ जना खेलाडी परिवर्तन भएका छन् । कप्तान खड्का चोटका कारण मैदान बाहिर रहँदा स्पिनर ललित नारायण राजवंशी भने प्लेइङ ११ मा अटाएका छैनन्।

आजको खेलमा खड्का र राजवंशीको स्थानमा रोहित कुमार पौडेल र प्रदिप ऐरीले मैदान प्रवेश पाएका छन् ।

नेपालको प्लेइङ ११ मा कप्तान ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, अभिनास बोहोरा, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, प्रदिप ऐरी ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ९ : ३३ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु