साथीलाई किस गर्न खोजेको भिडियोले प्रिया प्रकाश भइन् फेरि भाइरल « Khabarhub

साथीलाई किस गर्न खोजेको भिडियोले प्रिया प्रकाश भइन् फेरि भाइरल


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आँखा झिम्काएको एक भिडियोका कारण रातारात भाइरल बनेकी दक्षिण भारतीय नायिका प्रिया प्रकाश फेरि आफ्नो नयाँ भिडियोका कारण चर्चामा आएकी छिन् । भिडियो त पुरानो हो, तर यो भिडियोले उनलाई फेरि भाइरल बनाएको छ ।

भिडियोमा उनी सिनेमाटोग्राफर सीनु सिद्धार्थसँग बसिरहेकी हुन्छिन् । सिनुले प्रियाको काँधमा हात राखिरहेका छन् । प्रिया प्रकाशले त्यतिबेला सिनुले चुम्बन गरोस् भन्ने चाहेकी हुन्छिन् ।

तर, सिनुले चुम्बन गर्न खोजेझैँ गरेर पानीको बोत्तल अगाडि सार्छन् र पिउँछन् । त्यसपछि प्रिया प्रकाश अवाक् हुन्छिन् ।

View this post on Instagram

Tb to this “ithenthinte kunjade?” moment with my fav @sinu_sidharth

A post shared by Priya Prakash Varrier? (@priya.p.varrier) on

प्रिया प्रकाशको यो भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ । जसले पनि यो भिडियो शेयर गरिरहेका छन् । उनका फ्यानलाई भने यो भिडियोले अजिब बनाएको छ ।

एक फ्यानले त के कमेन्ट गरेका छन् भने, ‘कृपया यस्तो खालको भिडियो नबनाऊ, होइन भने म मरिदिन्छु ।’ धेरैलाई यो पोस्टले अचम्मित बनाएको छ ।

यो भिडियो प्रिया प्रकाशको पहिलो फिल्म ‘ओरु अडार लभ’ को छायांकनका बेला थियो । यही फिल्मको टिजरले प्रिया प्रकाशलाई एकाएक भाइरल बनाएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : ११ बजे

रवि र छविको मुद्दाको पेशी मुख्य न्यायाधीश आचार्य र न्यायाधीश पौडेलको इजलासमा

बुटवल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन

अध्यक्षमा ओली र महासचिवमा पोखरलेको अग्रता कायमै

काठमाडौं– एमालेको ११औँ महाधिवेशनको मतगणना अद्यावधिक विवरणअनुसार अध्यक्षमा केपी शर्मा

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ– कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली–  विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको

नेपाल-कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा

काठमाडौं– नेपाल–कम्बोडियाबीच व्यापार, लगानी तथा सांस्कृतिक सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले