साथीलाई किस गर्न खोजेको भिडियोले प्रिया प्रकाश भइन् फेरि भाइरल « Khabarhub

साथीलाई किस गर्न खोजेको भिडियोले प्रिया प्रकाश भइन् फेरि भाइरल


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आँखा झिम्काएको एक भिडियोका कारण रातारात भाइरल बनेकी दक्षिण भारतीय नायिका प्रिया प्रकाश फेरि आफ्नो नयाँ भिडियोका कारण चर्चामा आएकी छिन् । भिडियो त पुरानो हो, तर यो भिडियोले उनलाई फेरि भाइरल बनाएको छ ।

भिडियोमा उनी सिनेमाटोग्राफर सीनु सिद्धार्थसँग बसिरहेकी हुन्छिन् । सिनुले प्रियाको काँधमा हात राखिरहेका छन् । प्रिया प्रकाशले त्यतिबेला सिनुले चुम्बन गरोस् भन्ने चाहेकी हुन्छिन् ।

तर, सिनुले चुम्बन गर्न खोजेझैँ गरेर पानीको बोत्तल अगाडि सार्छन् र पिउँछन् । त्यसपछि प्रिया प्रकाश अवाक् हुन्छिन् ।

View this post on Instagram

Tb to this “ithenthinte kunjade?” moment with my fav @sinu_sidharth

A post shared by Priya Prakash Varrier? (@priya.p.varrier) on

प्रिया प्रकाशको यो भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ । जसले पनि यो भिडियो शेयर गरिरहेका छन् । उनका फ्यानलाई भने यो भिडियोले अजिब बनाएको छ ।

एक फ्यानले त के कमेन्ट गरेका छन् भने, ‘कृपया यस्तो खालको भिडियो नबनाऊ, होइन भने म मरिदिन्छु ।’ धेरैलाई यो पोस्टले अचम्मित बनाएको छ ।

यो भिडियो प्रिया प्रकाशको पहिलो फिल्म ‘ओरु अडार लभ’ को छायांकनका बेला थियो । यही फिल्मको टिजरले प्रिया प्रकाशलाई एकाएक भाइरल बनाएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : ११ बजे

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका

बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी

कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन्

काठमाडौं- सोबिता गौतमले कानुन मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।