नेपाललाई मलेसियाले दियो ८४ रनको लक्ष्य | Khabarhub Khabarhub

नेपाललाई मलेसियाले दियो ८४ रनको लक्ष्य


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टि–२० विश्वकप छनोट एसिया फाइनलमा मलेसिया क्रिकेट टोलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ८४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउन्डमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ९ ओभर पुरा खेल्दै ७ विकेट गुमाएर ८३ रन बनायो । बर्षाले खेल प्रभावित भएपछि खेल ९ ओभरमा झारिएको थियो ।

मलेसियाका ब्याट्सम्यानले आक्रामक खेल्दै नेपालविरुद्ध ८३ रन बनाए । मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन बनाएका थिए । उनले १५ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरेका थिए ।

मलेसियालाई ८३ रनमा रोक्न नेपालका सोमपाल कामीले ३ विकेट लिए भने उनी सबैभन्दा महंगा पनि भए । उनले २ ओभर बलिङ गर्दै २३ रन खर्चिएर ३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट लिए । यस्तै, सन्दीप लामिछाने, करण केसीले समान १–१ विकेट लिए ।

नेपाल केही समयमै जवाफी ब्याटिङका लागि मैदान उत्रिदैछ । यसअघि मंगलबार भएको खेलमा नेपाल पराजित भएको थियो । भने मलेसियाले यसअघिको पहिलो खेलमा जीत हात पारेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : १८ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’