नेपाललाई मलेसियाले दियो ८४ रनको लक्ष्य « Khabarhub

नेपाललाई मलेसियाले दियो ८४ रनको लक्ष्य


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टि–२० विश्वकप छनोट एसिया फाइनलमा मलेसिया क्रिकेट टोलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ८४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउन्डमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ९ ओभर पुरा खेल्दै ७ विकेट गुमाएर ८३ रन बनायो । बर्षाले खेल प्रभावित भएपछि खेल ९ ओभरमा झारिएको थियो ।

मलेसियाका ब्याट्सम्यानले आक्रामक खेल्दै नेपालविरुद्ध ८३ रन बनाए । मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन बनाएका थिए । उनले १५ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरेका थिए ।

मलेसियालाई ८३ रनमा रोक्न नेपालका सोमपाल कामीले ३ विकेट लिए भने उनी सबैभन्दा महंगा पनि भए । उनले २ ओभर बलिङ गर्दै २३ रन खर्चिएर ३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट लिए । यस्तै, सन्दीप लामिछाने, करण केसीले समान १–१ विकेट लिए ।

नेपाल केही समयमै जवाफी ब्याटिङका लागि मैदान उत्रिदैछ । यसअघि मंगलबार भएको खेलमा नेपाल पराजित भएको थियो । भने मलेसियाले यसअघिको पहिलो खेलमा जीत हात पारेको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : १८ बजे

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको