जिप दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते | Khabarhub Khabarhub

जिप दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको खोडपेमा बुधबार बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीका अनुसार दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग१ज ५२२४ नंको यात्रुवाहक जिप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं ९ बस्ने अन्दाजी ३५ वर्षीय ईश्वरी नागरीको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी सोही ठाउँ बस्ने अन्दाजी २४ वर्षीय हिक्मत सामन्त (साउद) र २२ वर्षीय पुष्कर नागरी घाइते भएका छन् ।

चिप्लो बाटो, पानी र कुहिरोका कारण उक्त जिप दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक पातलीले बताए । उनले भने “आज बिहानदेखि पानी परेको र सडकभरि कुहिरो लागेका कारण दुर्घटना भएको अनुमान गरेका छौँ, विस्तृत विवरण आउन बाँकी छ ।”

दुर्घटनामा परी मृत्यु भएका नागरीको शव भीरबाट उद्धार गरी अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । जिप आज बिहान करीब ५.१५ बजेको समयमा दुर्घटनामा परेको हो । जिप सडकबाट करीब ४०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ११ : ०५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन