संसद बैठक चलाउन प्रतिपक्षी कांग्रेस सहमत « Khabarhub

संसद बैठक चलाउन प्रतिपक्षी कांग्रेस सहमत


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीचको सहमतिपछि प्रतिनिधिसभा बैठक शुरु हुने भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या छानबिनका लागि संसदीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको कांग्रेसको सहमतिपछि सदन सञ्चालन भएको हो।

सभामुख कृष्णबहादुर महराको पहलमा सभामुखको कार्यकक्ष सिंहदरबारमा आज(बुधबार) भएको छलफलमा संसद बैठक सञ्चालनका लागि सहमति भएको हो । सहमतिअनुसार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने र सदन सुचारू गर्ने सहमति भएको हो ।

छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी, सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति थियो ।

निर्धारित १ बजे राखिएको प्रतिनिधि सभाको बैठक २:३० का लागि सारिएको छ भने १ बजे कार्यव्यवस्थाको बैठक बोलाइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १२ : ४९ बजे

सिन्धुलीमा सुनकोशी नदीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार