‘कबड्डी ३’को गीत ‘दूबो फुल्यो’का संगीतकार भन्छन्- आलोक श्रीको गीत चोर्नुपर्ने कुरै छैन « Khabarhub

‘कबड्डी ३’को गीत ‘दूबो फुल्यो’का संगीतकार भन्छन्- आलोक श्रीको गीत चोर्नुपर्ने कुरै छैन


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘कबड्डी ३’मा समावेश लोकशैलीको ‘दूबो फुल्यो’ गीतको संगीत चोरीको आरोप लागेपछि संगीतकार एसडी योगीले आफूले यो गीत सुन्दै नसुनेको प्रतिक्रिया दिएका छन् । उनले आफूले संगीत सिकेरै यो क्षेत्रमा आएका आलोक श्रीको गीत चोर्नुपर्ने अवस्था नआएको प्रतिक्रिया दिए ।

‘मैले उहाँको गीत चोर्नुपर्ने कुरै आउँदैन, उहाँले त मैले गीत चोरी गरेको, कपी गरेको भनेर पनि स्वीकार गरिसक्यो भनेर भन्नुभएको छ, त्यो गलत हो,’ संगीतकार योगीले भने, ‘गीत पनि पूरै मिलेको छैन, लोकलयमा अलिअलि मिल्नु स्वभाविक नै होझैँ लाग्छ ।’

गीत चोरीको आरोप लागेपछि आलोक श्रीसँग पहिलो चरणको कुराकानी गरेको तर गीत चोरी र नाम राख्ने भन्नेमा कुनै निर्णय नभएको प्रतिक्रिया दिए । ‘उहाँले गीतमा नाम राख्ने र क्षतिपूर्ति पनि माग गर्नुभएको छ, तर हामीबीच कुनै निर्णय भएको छैन,’ योगीले भने ।

उनले यो गीत यसअघि सुन्दै नसुनेको पनि बताए । उनले भने, ‘आलोक दाइले त मिडियामा गीतबाट इन्स्पायर भएको स्वीकारेको भन्नुभएको रहेछ, तर मैले त्यस्तो भनेको होइन ।’

संगीतकार योगीले आफूले आलोक श्रीका गीत सुन्दै हुर्के पनि गीत चोर्नु पर्ने जरुरी नै नभएको बताए । ‘उहाँले त उक्त गीत सानैदेखि सुन्दै आएको भन्नुभएको रहेछ, त्यो गीत ३ वर्षअघि सार्वजनिक भयो भने कसरी सानैदेखि सुनेँ,’ उनले प्रतिप्रश्न गर्दै भने, ‘कुनै बेला उहाँ पनि चर्चित संगीतकार हो, गीत नै नसुन्ने भन्ने होइन, तर ‘फोटो सिरानीमा’ गीत सुनेको थिइनँ ।’

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १ : ०१ बजे

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले