दुई सातादेखि सडक अवरुद्ध « Khabarhub

दुई सातादेखि सडक अवरुद्ध


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा जोखिम बढेको छ । विभिन्न स्थानमा खसेको पहिरोले घरगोठ बगाउने तथा पुरिने खतरा बढेको छ ।

मोटरबाटो चौडा गर्न डोजर लगाएपछि फोक्सिङकोटको रानीवासको लम्भार क्षेत्रमा पहिरो गएको छ । वर्षाले बस्तीदेखि तल रहेको बारीमा पहिरो गएपछि जोखिम बढेको वडासचिव धनकुमारी सारुले बताइन् । “गाउँमा पहिरोको जोखिम बढेको छ, डर र त्रासका साथ घरमा बस्न बाध्य छौँ, अन्यत्र जाने ठाउँ पनि छैन”, सारुले भनिन् ।

फोक्सिङकोटको ढुङ्गेमा गएको हप्ता वर्षाले एक पाडी र ११ कुखुरा मरेको थियो । कुखराको खोर र गोठमा भलसहितको पानी पसेपछि जोखिम बढेको स्थानीय हुमहादुरले शाहीले बताए । वर्षाको भल पसेपछि गोठको गारो झ्याल भत्कने अवस्थामा पुगेको उनले बताए ।

वर्षाले फोक्सिङकोटको लाबेदेखि झोकेदी हुँदै सदरमुकाम तानसेन जाने सडक दुई सातादेखि अवरुद्ध छ । सडक अवरुद्ध हुन पुगेपछि गाउँमा खाद्यान्न अभाव सिर्जना हुन थालेको छ । बिरामी, अशक्त, अति आवश्यक कामकाजका लागि अस्पताल तथा गन्तव्यस्थलसम्म पुग्न सडक अवरुद्ध हुँदा समस्या परेको साना हुँगी माविका सहायक प्रधानाध्यापक एवत सारुले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १ : ३५ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग