जोरपाटी-सुन्दरीजल सडक अब गोकर्णेश्वर नगरपालिका आफैँले बनाउने « Khabarhub

जोरपाटी-सुन्दरीजल सडक अब गोकर्णेश्वर नगरपालिका आफैँले बनाउने


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोरपाटी—सुन्दरीजल सडकखण्ड गोकर्णेश्वर नगरपालिकाले विस्तार गर्ने भएको छ । सडक विभागले लामो समयसम्म सडक विस्तारमा ढिलाई गरेकाले अब नगर आफैँले विस्तार गर्ने योजना बनाएको हो ।

नगरपालिकाले आर्थिक वर्ष ०७३/०७४ मा सोही सडकका लागि ८४ करोड बजेट छुट्याएको थियो । तत्कालीन समयमा काम ठेक्कामा गएपनि हालसम्मको भौतिक विवरण शून्य रहेको र नगरबासीले कष्टकर यात्रा गर्न बाध्य भइरहेको नगरले जनाएको छ ।

सो क्षेत्रमा सडकमुनी बिछ्याइएको ढलको पाइप गुणस्तरहीन रहेको र बर्खा लाग्नासाथ ढल फुटेर पानी सडकभरि हुने गरेको सडक विभागको भनाइ छ । तर, सडक विभागको यो तर्कलाई नगरपालिकाका मेयर सन्तोष चालिसे भने स्वीकार गर्दैनन् । ‘आयोजनाले डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउँदा नै सम्पूर्ण काम सक्ने भनिएको थियो ।’ उनले भने, ‘अहिले आएर ढलको पाइपका कारण काम अघि बढ्न सकेन भनेर हुन्छ ? सबै संरचना परिवर्तन गर्नकै लागि त ठेक्का दिएको हो ।’

खबरहबसँग उनले भने, ‘ढलको कारण काम अघि बढेन भन्नु सडक विभाग पन्छिन खोज्नु हो ।’

सडक विस्तारमा ढिलासुस्ती हुँदा यो क्षेत्रका स्थानीयले ४ वर्षदेखि बर्खाको समयमा हिलो र हिउँदोमा धुलोका कारण सास्ती खेपिरहेका छन् ।यस्तै, ढल फुटेर दुर्गन्धित पानी सडकभरि जम्मा हुँदा नाक र मुख थुन्दै यात्रा गर्नु परेको सर्वसाधरणको गुनासो छ ।

सडक विस्तार कार्य अलपत्र पर्दा सडकमा जताततै खाल्डाखुल्डी रहेको छ । भरिएको सडकमा गाब्रेल बिछ्याएर झारो टार्ने काम भएपनि निरन्तर परेको पानीले ग्राबेल बगाउने र सडक पुनः खाडलमा परिणत हुने गरेको छ ।

यसको सबै दोष केन्द्र सरकारलाई जाने मेयर चालिसेको भनाइ छ । ‘केन्द्रले बजेट हालेको ठाउँमा नगरपालिकाले गर्न नपाउने नियम रहेकोछ’ उनले भने ‘त्यसैले यसअघि हामीले कुनै योजना नबनाएको हौँ ।’

केन्द्रले बजेट हालेकाले नगर अघि नबढेको बताउँदै उनले भने ‘४ वर्षसम्म सडक नबनाइएपछि अब हामी टुलुटुलु हेरेर मात्र बस्दैनौँ ।’

लामो समयसम्म सडक विभागले काममा लापरबाही गरेकोले अब नगर आफैँले सडक विस्तार गर्ने योजना बनाएको चालिसेले जानकारी दिए ।

सडक विस्तार गर्ने भए असार मसान्तसम्ममा काम सुरु गर्नु नत्र साउन लागेपछि नगर आफैँ बनाउने भनेर विभागलाई भनिसकेको चालिसेले बताए । ‘नगरभित्रको सडकका लागि १० करोड बजेट छुट्याएको छु’ उनले भने ‘आफ्नो नगर अब आफैँ बनाउँछु ।’

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  २ : २० बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम