किन ‘विवाद’मा आइरहेकी छिन् साम्राज्ञी ? « Khabarhub

किन ‘विवाद’मा आइरहेकी छिन् साम्राज्ञी ?


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला आफ्नो विदाको समय बिताइरहेकी छिन् । उनले यो समयमा खुलेर रोमान्स गरिरहेकी छिन् । उनको रोमान्समा ब्यायफ्रेन्ड देवांश राणाले साथ दिइरहेका छन् ।

हालै इन्डोनेसियाको बालीमा आफ्ना ब्याइफ्रेन्डसँग रमाउन पुगेकी साम्राज्ञीका केही तस्वीर बाहिरिए, जुन तस्वीरले उनलाई विवादको शिखरमा पु–यायो ।

साम्राज्ञीलाई समुद्री तटमा आफ्ना ब्यायफ्रेन्ड देवांशले शरीरका विभिन्न भागमा चुम्बन गरेका तस्वीर सार्वजनिक भए । ती तस्वीर शेयर भएपछि साम्राज्ञीको सामाजिक सञ्जालमा खुबै विरोध गरियो । एकातिर साम्राज्ञी विदेशमा प्रेमीसँग रोमान्स गरिरहेकी थिइन् । यता भने उनका फ्यानले विरोध गरिरहेका थिए ।

चर्को विरोध भएपछि साम्राज्ञीले लेखिन्, ‘हात्ती लम्कँदै गर्छ, कुकुर भुक्दै गर्छ ।’

साम्राज्ञीले यसो लेखे पनि उनको विरोध हुन छोडेन । बरु साम्राज्ञीले पनि एकपछि अर्को गर्दै तस्वीरहरु शेयर गरिरहेकी छिन् । उसलाई कतिपयले चर्चामा आउने दाउका रुपमा बुझेका छन् भने कतिले यसलाई प्रेमीको नियोजित कार्य भनेका छन् ।

यता साम्राज्ञीका पुराना तस्वीरको विरोध भइरहँदा उनको अर्को तस्वीर पनि चर्चामा आएको छ । उक्त तस्वीर सामाजिक सञ्जालमा फ्यानले भाइरल बनाएका छन् । योसँगै साम्राज्ञी थप विवादमा तानिएकी छिन् ।

करिअरले गति लिएका बेला साम्राज्ञीलाई व्यक्तिगत कारणले भने चर्चामा ल्याएको छ । अहिले त यो विवादलाई साम्राज्ञीले सजिलै इग्नोर गरिदिएकी छिन् । तर, भोलिका दिनमा व्यक्तिगत विवादले उनको करिअरलाई नै असर पार्ने हो भन्ने भय छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ४ : ५७ बजे

सञ्चार मन्त्रालयले भन्यो : हचुवाका भरमा भ्रामक सामग्री सार्वजनिक नगर्नू

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समय विभिन्न

सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीका

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण