सञ्चार मन्त्रालयले भन्यो : हचुवाका भरमा भ्रामक सामग्री सार्वजनिक नगर्नू « Khabarhub

सञ्चार मन्त्रालयले भन्यो : हचुवाका भरमा भ्रामक सामग्री सार्वजनिक नगर्नू


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो समय विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमा फैलिरहेका आधारहीन, मिथ्या तथा भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता कपोलकल्पित सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै समाजमा गलत मनोविज्ञान फैलाउने काम गरिरहेको उल्लेख गरिएको छ । सरकार यस्ता गतिविधिलाई अत्यन्त गम्भीरतापूर्वक लिएको बताउँदै गलत सूचना प्रसारणमा संलग्नलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ ।

मन्त्रालयले सबै सञ्चार माध्यम तथा व्यक्तिलाई आधिकारिक निकायबाट पुष्टि नभएका समाचार तथा सूचना प्रकाशन–प्रसारण नगर्न आग्रह गरेको छ। यदि हचुवाका भरमा भ्रामक सामग्री सार्वजनिक गरिएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई विद्युतीय कारोबार ऐन लगायत प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ।

यसैगरी, सर्वसाधारणलाई पनि यस्ता गलत सूचना फैलाउन सहयोग पुग्ने गतिविधिमा संलग्न नहुन र सामाजिक सञ्जालमा कुनै सामग्री साझा गर्नुअघि त्यसको आधिकारिकता जाँच गर्न मन्त्रालयले अपिल गरेको छ ।

Screenshot

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ८ : ३६ बजे

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य