किन ‘विवाद’मा आइरहेकी छिन् साम्राज्ञी ? « Khabarhub

किन ‘विवाद’मा आइरहेकी छिन् साम्राज्ञी ?


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला आफ्नो विदाको समय बिताइरहेकी छिन् । उनले यो समयमा खुलेर रोमान्स गरिरहेकी छिन् । उनको रोमान्समा ब्यायफ्रेन्ड देवांश राणाले साथ दिइरहेका छन् ।

हालै इन्डोनेसियाको बालीमा आफ्ना ब्याइफ्रेन्डसँग रमाउन पुगेकी साम्राज्ञीका केही तस्वीर बाहिरिए, जुन तस्वीरले उनलाई विवादको शिखरमा पु–यायो ।

साम्राज्ञीलाई समुद्री तटमा आफ्ना ब्यायफ्रेन्ड देवांशले शरीरका विभिन्न भागमा चुम्बन गरेका तस्वीर सार्वजनिक भए । ती तस्वीर शेयर भएपछि साम्राज्ञीको सामाजिक सञ्जालमा खुबै विरोध गरियो । एकातिर साम्राज्ञी विदेशमा प्रेमीसँग रोमान्स गरिरहेकी थिइन् । यता भने उनका फ्यानले विरोध गरिरहेका थिए ।

चर्को विरोध भएपछि साम्राज्ञीले लेखिन्, ‘हात्ती लम्कँदै गर्छ, कुकुर भुक्दै गर्छ ।’

साम्राज्ञीले यसो लेखे पनि उनको विरोध हुन छोडेन । बरु साम्राज्ञीले पनि एकपछि अर्को गर्दै तस्वीरहरु शेयर गरिरहेकी छिन् । उसलाई कतिपयले चर्चामा आउने दाउका रुपमा बुझेका छन् भने कतिले यसलाई प्रेमीको नियोजित कार्य भनेका छन् ।

यता साम्राज्ञीका पुराना तस्वीरको विरोध भइरहँदा उनको अर्को तस्वीर पनि चर्चामा आएको छ । उक्त तस्वीर सामाजिक सञ्जालमा फ्यानले भाइरल बनाएका छन् । योसँगै साम्राज्ञी थप विवादमा तानिएकी छिन् ।

करिअरले गति लिएका बेला साम्राज्ञीलाई व्यक्तिगत कारणले भने चर्चामा ल्याएको छ । अहिले त यो विवादलाई साम्राज्ञीले सजिलै इग्नोर गरिदिएकी छिन् । तर, भोलिका दिनमा व्यक्तिगत विवादले उनको करिअरलाई नै असर पार्ने हो भन्ने भय छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ४ : ५७ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई