सिन्धुलीमा बाढीले दुई घर बगायो « Khabarhub

सिन्धुलीमा बाढीले दुई घर बगायो


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– अविरल वर्षापछि दुधौली नगरपालिका–१४ मा बाढीले दुई घर बगाएको छ । स्थानीय कोप्चे खोलामा आएको बाढीले स्थानीय आइतसिंह तामाङको गोठ, भान्साघर र किराना पसल बगाएको हो ।

बाढीले तामाङको घर गोठसँगै पसल र घरका सामान भाँडाकुडा, लत्ताकपडासमेत बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

तामाङको बाढीबाट रु ३२ लाख बराबरको क्षति भएको उनले जनाए । घर बाढीले बगाएपछि तामाङका चार जनाको परिवारलाई स्थानीय लक्ष्मण कटुवालको घरमा राखिएको प्रहरीले जनाएको छ ।

यस्तै निरन्तरको वर्षापछि आएको बाढी पहिरोका कारण सोही ठाउँमा धेरैका घरगोठ जोखिममा पर्नुका साथै खेतीयोग्य जग्गा बगाएको प्रहरीले जनाएको छ । जिल्लामा अहिलेसम्म ११३ घरपरिवार सबैभन्दा बढी बाढीपहिरोको उच्च जोखिममा रहेका उपरीक्षक सिंहले जानकारी दिए ।
बाढीपहिरोका कारण घर उच्च जोखिमा पर्नेको सङ्ख्या थपिँदै गएको र अहिलेसम्म पूरै विवरण आइनसकेको उनले बताए ।

प्राप्त जानकारीका आधारमा ७० घर पूर्णरुपमा क्षति भएका र ६२२ घरमा आंशिक क्षति पुगेको बताइएको छ । सिन्धुलीमा यस वर्ष बाढीपहिरोका कारण पाँचको ज्यान गएको, तीन जना अझै बेपत्ता रहेका र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : ४९ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा