सिन्धुलीमा बाढीले दुई घर बगायो « Khabarhub

सिन्धुलीमा बाढीले दुई घर बगायो


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– अविरल वर्षापछि दुधौली नगरपालिका–१४ मा बाढीले दुई घर बगाएको छ । स्थानीय कोप्चे खोलामा आएको बाढीले स्थानीय आइतसिंह तामाङको गोठ, भान्साघर र किराना पसल बगाएको हो ।

बाढीले तामाङको घर गोठसँगै पसल र घरका सामान भाँडाकुडा, लत्ताकपडासमेत बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

तामाङको बाढीबाट रु ३२ लाख बराबरको क्षति भएको उनले जनाए । घर बाढीले बगाएपछि तामाङका चार जनाको परिवारलाई स्थानीय लक्ष्मण कटुवालको घरमा राखिएको प्रहरीले जनाएको छ ।

यस्तै निरन्तरको वर्षापछि आएको बाढी पहिरोका कारण सोही ठाउँमा धेरैका घरगोठ जोखिममा पर्नुका साथै खेतीयोग्य जग्गा बगाएको प्रहरीले जनाएको छ । जिल्लामा अहिलेसम्म ११३ घरपरिवार सबैभन्दा बढी बाढीपहिरोको उच्च जोखिममा रहेका उपरीक्षक सिंहले जानकारी दिए ।
बाढीपहिरोका कारण घर उच्च जोखिमा पर्नेको सङ्ख्या थपिँदै गएको र अहिलेसम्म पूरै विवरण आइनसकेको उनले बताए ।

प्राप्त जानकारीका आधारमा ७० घर पूर्णरुपमा क्षति भएका र ६२२ घरमा आंशिक क्षति पुगेको बताइएको छ । सिन्धुलीमा यस वर्ष बाढीपहिरोका कारण पाँचको ज्यान गएको, तीन जना अझै बेपत्ता रहेका र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : ४९ बजे

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न