राति सतर्क रहन मौसमविद्को आग्रह « Khabarhub

राति सतर्क रहन मौसमविद्को आग्रह


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मौसमविद्ले आज(बुधबार) राति विभिन्न स्थानमा पानी पर्ने भएकाले बाढी र पहिरो आउनसक्ने भन्दै सतर्क हुनुपर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अबको केही घण्टा ठूलो पानी पर्ने अवस्था नरहे पनि राति १२ बजेपछि देशका धेरै स्थानमा पानी पर्ने भएकाले सतर्क हुनुपर्नेछ ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालले सुदूरपश्चिमको पहाडी र हिमाली क्षेत्रबाहेकका ठाउँमा मौसम बदली भएको जानकारी दिए । “अहिले बादलको विकास भएको छैन, फाटेको छ, भीषण वर्षा हुने अवस्था तत्काल देखिँदैन, केही स्थानमा मेघगर्जनको बादल छ, राती १२ बजेपछि बिहान १० बजेसम्म धेरै ठाउँमा पानी पर्छ”, अर्यालले भने ।

अर्यालका अनुसार रातिको समयमा देशका पूर्व र मध्यका थोरै स्थान र पश्चिमका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ । “ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलामा जल सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिन्छ साथै हवाई तथा सडक यातायातमा समेत प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउनु अनुरोध गरिन्छ”, विभागले जारी गरेको सूचनामा भनिएको छ ।

मौसमविद् अर्यालले अहिले देशैभरि नै मौसममा बदली रहेको जानकारी दिए । महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै छ । जसका कारणले अहिले नेपालमा मनसुनी वर्षा सक्रिय हुने देखिन्छ । अबको २४ घण्टामा मनसुनको न्यूनचापीय रेखा अझ दक्षिणतिर सर्ने र मनसुनी गतिविधि कम सक्रिय हुनेछ ।

बिहीबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा वर्षा हुनेछ भने पश्चिम तथा पूर्वका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति भने देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ । शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुनेछ । देशको पश्चिम भेगका एक वा दुई स्थानमा भारीको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ९ : ४५ बजे

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत