कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै | Khabarhub Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। महासमिति बैठकले पारित गर्न बाँकी रहेका विषय आजको बैठकले पारित गर्नेछ।

केन्द्रीय सदस्य बुथबाट निर्वाचित भई महाधिवेशन प्रतिनिधि बन्ने, आरक्षण कोटा एक पटक मात्रै उपयोग गर्न पाउनुपर्ने लगायतका प्रस्ताव जिल्ला सभापतिहरुले राखेका थिए। पुस ८ मा सकिएको महासमिति बैठकले जिल्ला सभापतिहरुको प्रस्ताव केन्द्रीय समितिले पारित गर्ने निर्णय गरेको थियो।

आजको बैठकमा कार्यकाल सकिएको नेविसंघको विषयमा पनि छलफल हुने बताइएको छ। साथै, कांग्रेसका पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई सरकारले प्रदेश मातहत राख्ने तयारी गरेको विषयमा पनि छलफल हुने मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए।

बिहीबारको बैठकपछि मात्रै बैठक कति दिन लम्बिने निश्चित हुने उनले जानकारी गराए। बैठक बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  १० : २३ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित