सिजनल इन्फ्लुएन्जाका लक्षण र बच्ने उपाय « Khabarhub

सिजनल इन्फ्लुएन्जाका लक्षण र बच्ने उपाय


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भदौं महिनापछि विस्तारै गर्मी कम हुँदै जान्छ । असोज महिनामा जाडो र गर्मी दुबै हुँदैन । असोज कात्तिक पछि जाडो मौसम शुरु हुन्छ । यसरी हुने मौसम परिवर्तनको समयमा मानिसमा रुघाखोकी र ज्वरोको समस्या शुरु हुन्छ । मौसम परिवर्तनका कारण लाग्ने रुघाखोकी र ज्वारोलाई सिजनल एन्फ्लुएन्जा भनिन्छ ।  त्यसैले सिजनल एन्फ्लुएन्जाबाट बच्नको लागि समयमै सचेत हुनुपर्छ ।

इन्फ्लुएञ्जाका मुख्य लक्षण

  • ज्वरो आउने,
  • खोकी लाग्ने,
  •  घाँटी दुख्ने,

बालबालिकामा देखिन सक्ने थप लक्षण

  • वाकवाकी लाग्ने वा वान्ता हुने
  • पेट मडारिने
  •  झाडा पखाला
  • हाँच्छिउ आउने
  •  नाकबाट पानी बहने वा नाक बन्द हुने
  •  टाउको दुख्ने
  •  मांसपेशी दुख्ने
  •  हाड जोर्नी दुख्ने
  • आलस्य हुने

सिजनल इन्फ्लुएन्जाबाट बच्ने उपाय

  • खोक्दा, हाच्छिउँ गर्दा नाक, मुख छोप्ने,
  • सही तरीकाले साबुन पानीले पटक पटक हात धुने,
  • हात नमिलाउने, नमस्कार गर्ने,
  •  रोगीलाई बेग्लै वा खुला झ्याल भएको कोठामा राख्ने,
  • आँखा, नाक तथा मुखमा अनावश्क रुपमा हात नलैजाने,
  • जथाभावि नथुक्ने वा सिंगान नफाल्ने,
  •  शंकास्पद रोगी व्यक्तिबाट सकभर टाढै बस्ने,
  • रुघाखोकी लागेका व्यक्तिहरु ३–५ दिन सम्म घरमै आराम गरेर बस्ने,
  •  रोगी व्यक्तिलाई पौंष्टिक खाना र प्रशस्त मात्रामा झोलिलो खानेकुरा, भातको माड, दालको रस,तरकारीको रस, गेडागुडीको रस आदि खुवाउने,
  •  चुरोट रक्सी नखाने,
  • चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाह बिना औषधि नखाने ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  १ : २७ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा