अब शिक्षक हुन २ परीक्षा पास गर्नुपर्ने « Khabarhub

अब शिक्षक हुन २ परीक्षा पास गर्नुपर्ने


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अबदेखि शिक्षक हुनका लागि दुईवटा परीक्षा दिनुपर्ने भएको छ । सामान्य परीक्षामा उत्तीर्ण भएकाले मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउनेछन् ।

मन्त्रिपरिषद्ले बुधबार शिक्षक सेवा आयोग नियमावलीको १०औँ संशोधन गरेको छ । संशोधित नयाँ व्यवस्थाअनुसार अबदेखि शिक्षकको लिखित परीक्षामा दुई सय पूर्णाङ्क हुनेछ । एक सय पूर्णाङ्कको सामान्य परीक्षा र एक सय पूर्णाङ्कको विषयगत परीक्षा सञ्चालन गरिनेछ । सामान्य परीक्षा वस्तुगत हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले सामान्य परीक्षा उत्तीर्ण गरेपछि मात्र विषयगत परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था गरिएको बताउँदै भने, ‘विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि नयाँ व्यवस्था गरेका हौँ । यसबाट शिक्षक छनोटमा प्रतिस्पर्धा बढ्ने छ र उत्कृष्ट मात्र शिक्षकमा छनोट हुनसक्नेछन् ।’

सामान्य परीक्षामा कम्तीमा ५० अङ्क प्राप्त गर्नेले मात्र विषयगत परीक्षा दिन पाउनेछन् । संशोधित नियमावलीअनुसार सामान्य परीक्षामा प्राप्त अङ्कको ५० प्रतिशत अङ्क मात्र विषयगत परीक्षाको प्राप्ताङ्कमा जोडिने व्यवस्था छ ।

पछिल्लो पटक दुई लाख २५ हजार जनाले लिखित परीक्षा दिएका थिए । सामान्य परीक्षाको उत्तरपुस्तिका उपकरणको सहायताले परीक्षण गरिनेछ । यसबाट छिटो नतिजा सार्वजनिक हुनुका साथै विषयगत परीक्षामा सहभागी कम हुने हुँदा व्यवस्थापनमा समय र आर्थिक खर्चमा कटौती हुने सहसचिव काप्रीले बताए। वस्तुगत प्रश्नमा उत्तर गलत हुँदाप्रति गलत उत्तरको शून्य दशमलव दुई अङ्क कटौती गर्ने प्रावधान गरिएको छ । ठीक यस्तै विधि लोक सेवा आयोगको परीक्षामा पनि छ ।

शिक्षकको अन्तर्वार्ताका लागि तोकिएको २५ अङ्कको नयाँ बाँडफाँट गरिएको छ । अन्तर्वार्ताका लागि १५ अङ्क, अनुभवबापत १० वर्षको बढीमा पाँच अङ्क, न्यूनतम शैक्षिक योग्यताका लागि तीन अङ्क र माथिल्लो शैक्षिक योग्यताका लागि दुई अङ्क दिने व्यवस्था नियमावलीमा गरिएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ७ : ४४ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको