रविले यसकारण तोकिएको भन्दा धेरैदिन प्रहरी हिरासतमा बस्नु पर्‍यो « Khabarhub

रविले यसकारण तोकिएको भन्दा धेरैदिन प्रहरी हिरासतमा बस्नु पर्‍यो


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने चितवन प्रहरीको हिरासतमा रहेका छन् ।

न्यूज २४ स्थित कार्यालयमा रहेको बेला लामिछानेलाई शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएर चितवन लगेको थियो । चितवन लगेको भोलिपल्ट शुक्रवार लामिछानेलाई प्रहरीले अदालतमा पेश गरेको थियो ।

शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा उनले रविसहितका तीन जनाका कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगेको उल्लेख गरेपछि प्ररहीले थप अनुसन्धानको लागि भन्दै अदालतमा १० दिनको समय मागेको थियो । तर अदालते पाँच दिनको समय उपलव्ध गरायो ।

पाँच दिनको समयभित्र वयान नसकिएको र रिपोर्टहरु नआएको भन्दै प्रहरीले पुन म्याद थपको लागि भन्दै गत मंगलबार रविलाई फेरि अदालतमा पेश गरेको थियो । अदालतले पुन पाँच दिनको समय उपलव्ध गराएको थियो ।

यसअनुसार रविको पाँच दिन आज अर्थात शनिवार पूरा भएको छ ।

सार्वजनिक विदा नपरेको भए प्रहरीले रविलाई आज अदालतमा पेश गर्नु पर्ने थियो । तर विदा परेको कारण रविलाई प्रहरीले अदालतमा पेश गरेन । अब प्ररहरीले भोलि रविसहितका तीन जनालाई अदालत पेश गर्नेछ ।

सार्वजनिक विदा परेका कारण अदालतले दिएको समय भन्दा पनि एक दिन बढी समय रविले प्रहरी हिरासतमा बस्नु परेको छ ।

फेरि म्याद थपिने शंका

अदालतले दोस्रो पटक म्याद थपेपछि जारी भएको एक अडियोमा रविले आफूलाई पुनः म्याद थप गर्ने आशंका व्यक्त गरेका छन् ।

पत्रकार टेकनारायण भट्टराईले हिरासतमा रहेका रविसँग गरेको कुराकानी अडियो सार्वजनिक भएको थियो । जसमा रविले आफूलाई विभिन्न वाहनामा पुन म्याद थप्ने योजना रहेको आशंका व्यक्त गरेका थिए ।

‘इमेल गरेर उपलव्ध हुने कल डिटेल रिपोर्ट आएन रे !’ रविले अडियोमा भनेका छन्,‘ यस्ता वाहनामा पुन म्याद थपको तयारी भएको छ ।’

प्रहरीको उच्च सुरक्षा श्रोतको दावी अनुसार रवि माथिको थप अनुसन्धान पूरा नभएका कारण अदालतसमक्ष कम्तिमा पाँच दिन समय माग्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ४ : ३८ बजे

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको