उत्तर कोरियाले फेरि गर्‍यो दुई वटा क्षेप्यात्र परीक्षण « Khabarhub

उत्तर कोरियाले फेरि गर्‍यो दुई वटा क्षेप्यात्र परीक्षण


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाले पुनः दुई वटा छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ ।

दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको हो । दक्षिण कोरियाली सेनाका अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ६ः४५ तथा ७ः०२ बजे दक्षिण हाम्ग्योङ प्रान्तस्थित सेन्डोक सैनिक विमानस्थल नजिकैबाट परीक्षण गरिएको हो ।

पछिल्ला केही सातायता गरिएको नवौं परीक्षणका क्रममा ती क्षेप्यास्त्र ९७ किलोमिटरको उचाई लिएर ३८० किलोमिटर टाढा समुद्रमा गई खसेको जनाइएको छ । यसअनुसार पछिल्लो समय उत्तर कोरियाले परीक्षण गरेकामध्ये यी क्षेप्यास्त्र शक्तिशाली रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिका तथा जापान र दक्षिण कोरियाले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको अध्ययन भइरहेको जनाएका छन् । दक्षिण कोरियाको सुरक्षा परिषद्ले उत्तर कोरियालाई यस्ता गतिविधि नगर्न आग्रह समेत गरेको छ ।

उत्तर कोरिया र अमेरिकाबीच आणविक निशस्त्रीकरणबारेको छलफलमा अड्चन पैदा भइरहेका बेला उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाले यसअघि अमेरिका र दक्षिण कोरियाबीचको सैनिक अभ्यासको कडा शब्दमा निन्दा गरेको थियो । त्यसपछि दक्षिण कोरियाले एफ ३५ लडाकु विमानसहित अमेरिकी अत्याधुनिक हतियार खरिद गर्ने प्रक्रियाको पनि निन्दा गरेको थियो ।

उत्तर कोरियाले दक्षिण कोरियासँग कुनै किसिमको वार्ताको सम्भावना नरहेको स्पष्ट पारिसकेको छ । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएले यसअघि अमेरिकी विदेशमन्त्रीको कडा शब्दमा निन्दा गर्दै अमेरिकाले चाहे आफू वार्ताका लागि तयार रहेको र यदी अमेरिका शत्रुतापूर्ण व्यवहारतर्फ अग्रसर रहेको भए त्यसका लागि पनि तयार रहेको चेतावनी दिएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ४ : ५० बजे

कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत

कर्णाली– कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय गरेको

इरानका सर्वोच्च नेताको मृत्युपछि पाकिस्तानमा हिंसा भड्किँदा सात जनाको मृत्यु

काठमाडौं- अमेरिका र इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

पाँचथर– कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती थियो ।

ओलम्पिक कमिटीले काठमाडौंमा ‘एसियन गेम्स फन रन’ आयोजना गर्ने

काठमाडौं– नेपाल ओलम्पिक कमिटीले फागुन ३० गते शनिबार काठमाडौंमा ‘एसियन

उम्मेदवारको चुनावी खर्च पारदर्शी नभएको निर्वाचन संयुक्त पर्यवेक्षण समितिको निष्कर्ष

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन संयुक्त पर्यवेक्षण समितिले निर्वाचनमा उम्मेदवारहरूले खर्चमा पारदर्शिता