प्रहरीलाई सर्वसाधारणको प्रश्न : घाइतेको उद्धार पहिले कि मुचुल्का र प्रमाण ? « Khabarhub

प्रहरीलाई सर्वसाधारणको प्रश्न : घाइतेको उद्धार पहिले कि मुचुल्का र प्रमाण ?


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजको राजधानी दैनिकले ललितपुरको नख्खुस्थिति एनसेल मुख्यालयमा शुक्रबार साँझ अज्ञात समूहले बम विस्फोट गरायो । विस्फोटमा तीन सर्वसाधरण घाइते भएकामा शनिबार एक जनाको निधन भयो ।

बम विस्फोटको त्रासले सर्वासाधारणको भीड लागको थियो । तर उद्धार गर्न कोही अगाडि सरेका थिएनन् । केही ढिलो गरी आएको प्रहरी पनि घाइतेको उद्धारभन्दा पनि मुचुल्का उठाउन लागे । मुचुल्का उठाउन १० मिनेट लाग्यो । ततपश्चातमात्र उपचारका लागि घाइतेहरुलाई अस्पताल लगिएको थियो । त्यसैले घाइतेहरुको पहिले उद्धार कि मुचुल्का भन्ने आम सर्वसाधारणले गुनासो पोखेका छन् ।

त्यस्तै आजको राजधानीले संघीयता विरोधी प्रशासन कानून सच्याइँदै शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । संघीय सरकारको स्थायी प्रशासन कमान्ड गर्ने मुख्य कानून नै संघीयता विरोधी हुने देखिएपछि सरकारले प्रस्तावित विधेयकका प्रावधान सच्याउने भएको छ ।

त्यस्तैगरी विदेशस्थित नेपाली दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासका लागि आफ्नै भवत खरिद पहिलो प्राथमिकता भए पनि घर भाडा नै बढी प्राथमिकता दिएको पाइएको छ । घरभाडा खर्च ८ वर्षको अन्तरमा झण्डै साढे दुई गुणाले बढेको देखिएको पछि भवन खरिद होइन घरभाडामै मोह बढेको आशयको समाचार छापेको छ ।

त्यस्तै राजधानी दैनिकले शिक्षामा विकृतिको चाङ शीर्षकमा सम्पादकीय लेखेको छ । जुन मुलुकमा शिक्षामा विकृतिका चाङ हुन्छ, त्यो मुलुकले कसरी विकास र प्रगति हासिल गर्न सक्ला ? यस्तै प्रश्नले अहिले सिंगो मुलुक र जनालाई पिरोलिरहेको छ । यहाँ शिक्षामा मात्रै होइन, सवै क्षेत्रमा विकृतिको चाङ बेग्रेल्ती देखिन्छ ।

त्यस्तै पत्रिकाले उपत्यकामा अब  स्मार्ट यात्रु प्रतीक्षालय शीर्षकमा दोस्रो पृष्ठमा समाचार छापेको छ ।

कस्तो हुनेछ स्मार्ट प्रतिक्षालय ? यो पनि

यात्रुका व्यथाः बस्नलाई बेन्च छैन, कुरा स्मार्ट प्रतीक्षालयका ?

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ५ : ४६ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल