मेस्सीले गरे करियरको ५० औं ह्याट्रिक | Khabarhub Khabarhub

मेस्सीले गरे करियरको ५० औं ह्याट्रिक


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कप्तान लियोनल मेसीले सेभिल्लाविरुद्धको खेलमा आफ्नो करियरको ५० औं ह्याट्रिक पूरा गर्दा ला लीगामा बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग १० अंकको दूरी कायम गरेको छ ।

शनिबार राति सेभिल्लाको घरेलु मैदान रामोन साञ्चेज पिज्जुनमा भएको खेलमा बार्सिलोनाका लागि मेसीले ह्याट्रिक गरेपछि ४—२ को जीत हात पारेको थियो ।

बार्सिलोनाविरुद्ध २२ औं मिनेटमा सेभिल्लाका लागि जेसस नाभासले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए तर, त्यसको ४ मिनेटपछि बार्सिलोनाका कप्तान लियोनल मेसीले सेभिल्ला विरुद्ध गोल गर्दे खेललाई एकएकको स्थितिमा पुर्‍याएका थिए ।

त्यस्तै, बार्सिलोनाििवरुद्ध पुन ४२ औं मिनेटमा सेभिल्लाका ग्रेबियल मार्सेडोले उत्कृट गोल गर्दै पहिलो हाफमा टिमलाई २—१ को अवस्थामा पुर्याएका थिए ।

पहिलो हाफमा पछि परेको बार्सिलोनाका लागि मेसीले ६७ औं र ८५ औं मिनेटमा दुई गोल थप्दै टिमलाई ३—२ गोलको अग्रता तथा आफ्नो ह्याट्रिक पुरा गरेका थिए भने लुईस स्वारेजले खेलको अतिरिक्त समयमा गोल गरेपछि बार्सिलोनाले ४—२ अन्तरले सेभिल्लालाई पराजित गर्यो ।

जीतसँगै बार्सिलोना ला लीगामा ५७ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिड ४७ अंकसहित दोस्रो तथा तेस्रो स्थानको रियल मड्रिडको ४५ अंक रहेको छ भने बार्सिलोनासँग पराजित सेभिल्ला ३७ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ८ : ४५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य