टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्यिनसिप– मिजोरमविरुद्ध एन्फा यु—२१ को अवस्था ‘गर या मर’ « Khabarhub

टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्यिनसिप– मिजोरमविरुद्ध एन्फा यु—२१ को अवस्था ‘गर या मर’



भारत/ गुवाहाटी— एन्फा यु—२१ टोलीले डाक्टर टी आओ अन्तर्राष्ट्रिय फुटबल च्याम्यिनसिपमा समूह चरणको चौथो खेलमा आइतबार मिजोरमसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार गुवाहाटीस्थित एलएनआईपीई रंगशालामा नेपाली समयअनुसार पौने ५ बजे हुने खेलमा एन्फा टोली लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

“आजको खेल हाम्रा लागि ‘गर या मर’ को अवस्था छ । ३ खेल सकिँदा मिजोरम ७ अंकसहित दोस्रो स्थानमा रहेकाले आजको खेलमा हामीले जसरी भएपनि जीत निकाल्नैपर्छ,” मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भने,“मिजोरामलाई पराजित गरे सेमिफाइनलमा स्थान बनाउन केही सहज हुन्छ ।”

मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठ

पहिलो खेलमा हार बेहोरको नेपाली टोलीले लगातार दोस्रो र तेस्रो खेलमा जीत हासिल गर्दै उच्च लय प्रदर्शन गरिरहेको छ । मिजोरमविरुद्धको खेलमा पनि यसअघिकै सेटले प्राथमिकता पाउने छ भने केही खेलाडी परिवर्तन हुने सम्भावना पनि रहेको प्रशिक्षकले बताए ।

“हाम्रो खेलाडीहरुले पछिल्लो दुई खेलमा राम्रो लय देखाएका छन् । त्यसलाई लगातार मिजोरमविरुद्ध निरन्तरता दिनु पर्छ । हामीले अग्रपङ्ती र रक्षापङ्तीलाई बलियो बनाएर खेल्दा मिजोरमाथि सहज जित हासिल गर्न सक्छौं,” प्रशिक्षक श्रेष्ठले अगाडि थपे,“ योजना अनुसार मिडफिल्ड र फरवार्डको राम्रो कम्बनिेसन भएको हुनाले अग्रपङ्तीमा पाएको अवसरलाई खेलाडीहरु सदुपयोग गर्दा नतिजा आफ्नो पक्षमा पार्न सहज भएको हो ।”

त्रिपुरा विरुद्धको खेल र मनिपुरविरुद्धको खेलमा लगातर दुई पहेंलो कार्ड पाएपछि एन्फा टोलीका मिड्फिल्डर अनिल महर्जनको स्थानमा मनिस थापा मैदान प्रवेश गर्ने सम्भावना रहेको प्रशिक्षक क्षेष्ठले बताएका छन् ।

एन्फा टोलीबाट सर्वाधिक गोल गरेका अभिषेक रिजालले लगातार दुई खेलमा ह्याट्रिक प्रहार गरेका छन् । उनले त्रिपुरलाई ८—० ले पराजित गर्दा ४ गोल गरेका थिए भने मनिपुरलाई ३—१ पराजित गर्दा तीनवटै गोल उनले गरे ।

अंक तालिका

नेपाल ३ खेलमा ६ अंक
मनिपुर ४ खेलमा ६
मेघालय ४ खेलमा १०
मिजोराम ३ खेलमा सात ७
नागाल्यान्ड ३ खेलमा ३ अंक
त्रिपुराको ३ खेल शुन्य

मिजोरमविरुद्ध सम्भावित नेपाली टोली

गोलकिपर : विष्णु कुमार केसी
डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, छिरिङ गुरुङ (कप्तान)
मिडफिल्डर : मनिस थापा, एरिक विष्ट, नितिन थापा, अभिषेक रिजाल,
फरवार्ड : रेजिन सुब्बा, प्रेजन तामाङ

अन्य खेलाडी

सुजित गुरुङ, सूर्य अधिकारी, राजिव लोप्चन, धिरज श्रेष्ठ, अरुज सिंह, शिशिर लेखी, गौतम श्रेष्ठ, रणदिप पौडेल, अनिल महर्जन

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ११ : ०३ बजे

पोखरामा नेपाल-भारत बैठक : आगामी एक वर्षलाई विद्युत् खरिद दर निर्धारण

पोखरा- आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी