कांग्रेस पार्टी कार्यालयमा नेविसंघ र प्रहरीबीच झडप, २० भन्दा धेरै घाइते | Khabarhub Khabarhub

कांग्रेस पार्टी कार्यालयमा नेविसंघ र प्रहरीबीच झडप, २० भन्दा धेरै घाइते


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस निकटका विद्यार्थीहरुले पार्टी कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा नेविसंघका विद्यार्थी र प्रहरीबीच झडप भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचका विद्यार्थीबीच नेविसंघमा ३२ वर्षे उमेरहद हुनुपर्ने र नपर्ने विषयमा विवादभएसँगै विवादको अवस्था बनेको थियो ।

प्रहरीको लाठीचार्जबाट २० भन्दा बढी नेता कार्यकर्ता घाइते भएको नेविसंघ नेता प्रेमराज जोशीले बताए ।

नेविसंघका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले लाठि चार्ज गरेको प्रहरीले बताएको छ ।

पार्टीभित्र अन्तरघात, अराजकता र अनुशासन हिनताको विरुद्धमा भन्दै नेविसंघकाले कांग्रेस पार्टीकार्यालय सानेपा मौन प्रदर्शन आह्वान गरेको थियो ।

आज कांग्रेस केन्द्रीय समितिको बैठक सानेपामा बस्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १ : ३० बजे

नबिल बैंकद्वारा डेबिट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने

काठमाडौं– नबिल बैंकले मास्टरकार्ड नेटवर्कअन्तर्गत नयाँ डेबिट कार्ड जारी गरेको

ओलीले भने- संसद् पुनः स्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउँछ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई

साताको पहिलो दिन ५ अंकले घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सेयर कारोबारको पहिलो दिन ५.१५

आजको कार्टुन : पूर्वप्रम खैँजडी क्लब

काठमाडौं- जेनजी आन्दोलनपछि एकातिर धमाधम नयाँ राजनीतिक दल दर्ता हुने

 निर्वाचन घोषणायता सात वटा नयाँ राजनीतिक दल दर्ता

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि सात वटा नयाँ राजनीतिक दल