२०१८ मा अफगानिस्तानमा सबैभन्दा सर्वसाधारण धेरै हताहतीः राष्ट्रसंघ | Khabarhub Khabarhub

२०१८ मा अफगानिस्तानमा सबैभन्दा सर्वसाधारण धेरै हताहतीः राष्ट्रसंघ


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– वर्ष सन् २०१८ मा अफगानिस्तानमा आत्मघाती बम आक्रमण तथा हवाई आक्रमणबाट हालसम्मकै सबैभन्दा धेरै सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ अफगान सहायता नियोग (युनामा)ले जनाएअनुसार अफगान द्वन्द्वका क्रममा सन् २०१८ मा ३ हजार ८ सय ४ सर्वसाधारणको ज्यान गएको छ ।

ज्यान गुमाउनेमध्ये ९ सय २७ जना बालबालिका छन् । सन् २०१८ मा ज्यान गुमाउने सर्वसाधारणको सङ्ख्या हालसम्मकै सबैभन्दा उच्च रहेको युनामाले जनाएको छ ।

सन् २०१७ को तुलनामा सन् २०१८ मा सर्वसाधारणको हताहती झण्डै ११ प्रतिशतले बढेको युनामाको प्रपतवेदनमा उल्लेख छ । त्यस्तै अघिल्लो वर्ष अफगानिस्तानमा ७ हजार १ सय ८९ जना घाइते भएका छन् ।

अमेरिका र अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानबीच अर्को चरणको शान्ति वार्ता हुनु अघिल्लो दिन सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : ३० बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः