२०१८ मा अफगानिस्तानमा सबैभन्दा सर्वसाधारण धेरै हताहतीः राष्ट्रसंघ « Khabarhub

२०१८ मा अफगानिस्तानमा सबैभन्दा सर्वसाधारण धेरै हताहतीः राष्ट्रसंघ


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– वर्ष सन् २०१८ मा अफगानिस्तानमा आत्मघाती बम आक्रमण तथा हवाई आक्रमणबाट हालसम्मकै सबैभन्दा धेरै सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ अफगान सहायता नियोग (युनामा)ले जनाएअनुसार अफगान द्वन्द्वका क्रममा सन् २०१८ मा ३ हजार ८ सय ४ सर्वसाधारणको ज्यान गएको छ ।

ज्यान गुमाउनेमध्ये ९ सय २७ जना बालबालिका छन् । सन् २०१८ मा ज्यान गुमाउने सर्वसाधारणको सङ्ख्या हालसम्मकै सबैभन्दा उच्च रहेको युनामाले जनाएको छ ।

सन् २०१७ को तुलनामा सन् २०१८ मा सर्वसाधारणको हताहती झण्डै ११ प्रतिशतले बढेको युनामाको प्रपतवेदनमा उल्लेख छ । त्यस्तै अघिल्लो वर्ष अफगानिस्तानमा ७ हजार १ सय ८९ जना घाइते भएका छन् ।

अमेरिका र अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानबीच अर्को चरणको शान्ति वार्ता हुनु अघिल्लो दिन सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ६ : ३० बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६