तामाङ भाषाको फिल्म ‘ङ्हो’ बैशाखमा रिलिज हुने « Khabarhub

तामाङ भाषाको फिल्म ‘ङ्हो’ बैशाखमा रिलिज हुने


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तामाङ भाषामा निर्माण गरिएको फिल्म ‘ङ्हो’ लाई बैशाखमा निर्माण गरिने निर्माण पक्षले जनाएको छ । फिल्म टिमले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

फापरे फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यो फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको बताइएको छ । फिल्मलाई सुनिमाया तामाङले निर्माण गरेकी हुन् भने उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने तामाङ भाषालाई समावेश गरिएको छ ।

भुवन स्यान्बो तामाङको निर्देशन रहेको यो फिल्ममा आंशिक रुपमा नेपाली भाषा पनि प्रयोग गरिएको छ । फिल्ममा बुझ्नका लागि उपशीर्षक समेत राखिएको निर्देशकले बताए ।

साथै टिमले चलचित्रमा समावेश ‘गादे ज्याबा ह्याङ्ला माया’ बोलको गीत पनि सार्वजनिक गरेको छ । गीतमा पूर्वपश्चिमको मध्यम भाषा प्रयोग गरेर सम्पूर्ण तामाङ समुदायमा समेट्न खोजिएको टिमको दावी छ । सार्वजनिक गरिएको गीतमा फुलकुमार बम्जनको शब्द, टिक बम्जनको संगीत तथा जितु लोप्चनको स्वर सुन्न सकिन्छ । यस्तै एरेञ्जमा पवनवाङ लामा छन् ।

किसमान तामाङ, आरम्भ तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बाल कलाकार तेञ्जिङ सोनाम लगायतले फिल्ममा अभिनय गरेका छन् ।

झण्डै बीस लाखमा निर्माण गरिएको यो फिल्म नयाँ वर्षको मौका पारेर काठमाडौंमा च्यारिटी शो समेत गरिने निर्देशकले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : ०० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी