नेमकिपाको अध्यक्षमा पुनः विजुक्छें « Khabarhub

नेमकिपाको अध्यक्षमा पुनः विजुक्छें


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट अध्यक्षमा पुनः नारायणमान बिजुक्छे चयन भएका छन ।

बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । जसमा २३ केन्द्रीय र २ जना बैकल्पिक केन्द्रीय सदस्य रहेका छन् ।

सोमबार सम्पन्न महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूको सर्वसम्मतिले बिजुक्छेलाई चयन गरेका हुन् ।

केन्द्रीय समितिमा प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, नवराज कोइराला, डिल्लीप्रसाद काफ्ले केन्द्रीय समितिमा दोहोरिएका छन् । सरोजराज गोसाइँ, हरिसुन्दर बासी, अनुराधा थापामगर, कमलमाया सुवाल, नन्दबहादुर शाही, उकेस कवाँ, सनकमान महर्जन, जग्यबहादुर शाहीले पनि निरन्तरता पाएका छन् ।

नेमकिपाको सातौं महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरु

महाधिवेशनले प्रदेश सभा सदस्यहरु सुरेन्द्रराज गोसाइँ र सृजना सैंजूलाई केन्द्रीय समितिमा ल्याएको छ । समितिमा नरमाया गुरुङ्ग, बजिर सिंह, खगेन्द्र वैद्य र सरोज शाह पनि चुनिएका छन् । पार्टी महाधिवेशनले मुक्ति यादव र कृष्ण तामाङ्गलाई केन्द्रीय वैकल्पिक सदस्य बनाएको छ ।

गत असोज ३ गते शुक्रबारदेखि शुरु भएको नेमकिपाको महाधिवेशन सोमबार समापन भएको हो ।

नेमकिपाको पार्टी सम्मेलन र महाधिवेशनको इतिहास
स्थापना २०३१ माघ १० (२३ जनवरी, १९७५)
१) प्रथम सम्मेलन २०४७ पौष २८,२९ र ३० भैरहवा
२) दोश्रो सम्मेलन (जरुरी) २०५१ असोज ३ र ४ भक्तपुर
३) तेश्रो सम्मेलन २०५५ माघ १२,१४ र १५ भक्तपुर
४) चौथो महाधिवशेन २०६० भदौ ११,१२ र १३ भक्तपुर
५) पाँचौ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौं
६) छैटौं महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौं
७) सातौ महाधिवेशन २०७६ असोज ३,४ ५ भक्तपुर

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : ३८ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन