नेमकिपाको अध्यक्षमा पुनः विजुक्छें « Khabarhub

नेमकिपाको अध्यक्षमा पुनः विजुक्छें


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट अध्यक्षमा पुनः नारायणमान बिजुक्छे चयन भएका छन ।

बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । जसमा २३ केन्द्रीय र २ जना बैकल्पिक केन्द्रीय सदस्य रहेका छन् ।

सोमबार सम्पन्न महाधिवेशनको बन्दसत्रमा सहभागी प्रतिनिधिहरूको सर्वसम्मतिले बिजुक्छेलाई चयन गरेका हुन् ।

केन्द्रीय समितिमा प्रेम सुवाल, सुनील प्रजापति, मोहनप्रसाद प्रजापति, नवराज कोइराला, डिल्लीप्रसाद काफ्ले केन्द्रीय समितिमा दोहोरिएका छन् । सरोजराज गोसाइँ, हरिसुन्दर बासी, अनुराधा थापामगर, कमलमाया सुवाल, नन्दबहादुर शाही, उकेस कवाँ, सनकमान महर्जन, जग्यबहादुर शाहीले पनि निरन्तरता पाएका छन् ।

नेमकिपाको सातौं महाधिवेशनबाट चयन भएका केन्द्रीय सदस्यहरु

महाधिवेशनले प्रदेश सभा सदस्यहरु सुरेन्द्रराज गोसाइँ र सृजना सैंजूलाई केन्द्रीय समितिमा ल्याएको छ । समितिमा नरमाया गुरुङ्ग, बजिर सिंह, खगेन्द्र वैद्य र सरोज शाह पनि चुनिएका छन् । पार्टी महाधिवेशनले मुक्ति यादव र कृष्ण तामाङ्गलाई केन्द्रीय वैकल्पिक सदस्य बनाएको छ ।

गत असोज ३ गते शुक्रबारदेखि शुरु भएको नेमकिपाको महाधिवेशन सोमबार समापन भएको हो ।

नेमकिपाको पार्टी सम्मेलन र महाधिवेशनको इतिहास
स्थापना २०३१ माघ १० (२३ जनवरी, १९७५)
१) प्रथम सम्मेलन २०४७ पौष २८,२९ र ३० भैरहवा
२) दोश्रो सम्मेलन (जरुरी) २०५१ असोज ३ र ४ भक्तपुर
३) तेश्रो सम्मेलन २०५५ माघ १२,१४ र १५ भक्तपुर
४) चौथो महाधिवशेन २०६० भदौ ११,१२ र १३ भक्तपुर
५) पाँचौ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौं
६) छैटौं महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौं
७) सातौ महाधिवेशन २०७६ असोज ३,४ ५ भक्तपुर

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : ३८ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन