मेस्सीले रोनाल्डोलाई भोट दिए तर रोनाल्डोको पाएनन् « Khabarhub

मेस्सीले रोनाल्डोलाई भोट दिए तर रोनाल्डोको पाएनन्


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व फुटबलको प्रशाकीय निकायले फिफाले गएराति फिफा वर्ष खेलाडीको उपाधि प्रदान गरेको छ । उपाधिका लागि लागि विश्वभरबाट प्रशिक्षक, खेलाडी तथा पत्रकार गरी चार सय भन्दा बढीले मत प्रदान गरेका थिए ।

हरेकले आफ्नो तर्फबाट पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने खेलाडीको छनौट गरेका थिए । त्यसमा मेस्सीले बाजी मारे । उनले लिभरपुलका भर्जिल भान डिजेक र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका हुन् ।

उत्कृष्ट खेलाडी छनोटका लागि यसरी दिइने भोटमा रोनाल्डो र मेस्सीले क–कसलाई आफ्नो भोट दिए भन्ने सवैको चासोको विषय हुन सक्छ । रमाइलो कुरा के छ भने उपाधि जितेका मेस्सीले रोनाल्डोलाई भोट दिएका थिए भने रोनाल्डोको भोट मेस्सीलाई पाएका थिएनन् ।

रोनाल्डोले आफ्नो रोजाइको पहिलो नम्बरमा नेदरल्याण्ड र यभेन्टस (गएको सिजन अजाक्स) का माथेग डि लिग्ट परेका छन् । रोनाल्डोले मेस्सीलाई आफ्नो शीर्ष तीनमा पारेनन् । उनको दोस्रो नम्बरमा फ्र्यांकी डी जोङ र तेस्रो नम्बरमा केलियन एमबाप्पे लाई राखेका थिए ।

मेस्सीले पनि आफ्नो पहिलो रोजाइमा रोनाल्डोलाई पारेनन् । तर शीर्ष तीनमा भने रोनाल्डो राखेका थिए । मेस्सीले आफ्नो पहिलो रोजाइमा साडिओ माने, दोस्रोमा रोनाल्डो र तेस्रोमा फ्र्यांकी डी जोङलाई राखेका थिए ।

भर्जिल भान डिजेकले आफ्नो पहिलो रोजाइमा मेस्सी, दोस्रोमा मोहम्मद सालह र तेस्रोमा साडिओ मानेलाई राखेका छन् । भान डिजेकले शीर्ष तीनमा रोनाल्डोलाई पारेनन् ।

गएको वर्षका विजेता लुका मोड्रिकले रोनाल्डो, इडन हजार्ड र लियोनल मेस्सीलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो रोजाइमा राखेका छन् ।

समग्र मतमा अवार्ड जितेका मेस्सीले ४६, दोस्रो नम्बरमा रहेका भर्जिल भान डिजेकले ३८ तथा क्रिष्टियानो रोनाल्डोले ३६ र्या ङ्क पोइन्ट पाएका छन् ।

बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका जर्गेन क्लोप्पले क्रमशः वर्षको उत्कृष्ट पुरुष खेलाडी र प्रशिक्षकको अवार्ड जिते । अमेरिकाकी मेगन रापिनोइ र उनको राष्ट्रिय टिमकी प्रशिक्षक जिल एलिसले क्रमशः महिला वर्ष खेलाडी र प्रशिक्षकको अवार्ड हात पारे ।

अवार्ड समारोहमा मेस्सी र भान डिजेकसहित फिफाको वर्ष टिममा परेका अरु सबै १० खेलाडी उपस्थित भए पनि रोनाल्डो भने उपस्थित भएका थिएनन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : ०६ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित