मेस्सीले रोनाल्डोलाई भोट दिए तर रोनाल्डोको पाएनन् « Khabarhub

मेस्सीले रोनाल्डोलाई भोट दिए तर रोनाल्डोको पाएनन्


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व फुटबलको प्रशाकीय निकायले फिफाले गएराति फिफा वर्ष खेलाडीको उपाधि प्रदान गरेको छ । उपाधिका लागि लागि विश्वभरबाट प्रशिक्षक, खेलाडी तथा पत्रकार गरी चार सय भन्दा बढीले मत प्रदान गरेका थिए ।

हरेकले आफ्नो तर्फबाट पहिलो, दोस्रो र तेस्रो स्थानमा रहने खेलाडीको छनौट गरेका थिए । त्यसमा मेस्सीले बाजी मारे । उनले लिभरपुलका भर्जिल भान डिजेक र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका हुन् ।

उत्कृष्ट खेलाडी छनोटका लागि यसरी दिइने भोटमा रोनाल्डो र मेस्सीले क–कसलाई आफ्नो भोट दिए भन्ने सवैको चासोको विषय हुन सक्छ । रमाइलो कुरा के छ भने उपाधि जितेका मेस्सीले रोनाल्डोलाई भोट दिएका थिए भने रोनाल्डोको भोट मेस्सीलाई पाएका थिएनन् ।

रोनाल्डोले आफ्नो रोजाइको पहिलो नम्बरमा नेदरल्याण्ड र यभेन्टस (गएको सिजन अजाक्स) का माथेग डि लिग्ट परेका छन् । रोनाल्डोले मेस्सीलाई आफ्नो शीर्ष तीनमा पारेनन् । उनको दोस्रो नम्बरमा फ्र्यांकी डी जोङ र तेस्रो नम्बरमा केलियन एमबाप्पे लाई राखेका थिए ।

मेस्सीले पनि आफ्नो पहिलो रोजाइमा रोनाल्डोलाई पारेनन् । तर शीर्ष तीनमा भने रोनाल्डो राखेका थिए । मेस्सीले आफ्नो पहिलो रोजाइमा साडिओ माने, दोस्रोमा रोनाल्डो र तेस्रोमा फ्र्यांकी डी जोङलाई राखेका थिए ।

भर्जिल भान डिजेकले आफ्नो पहिलो रोजाइमा मेस्सी, दोस्रोमा मोहम्मद सालह र तेस्रोमा साडिओ मानेलाई राखेका छन् । भान डिजेकले शीर्ष तीनमा रोनाल्डोलाई पारेनन् ।

गएको वर्षका विजेता लुका मोड्रिकले रोनाल्डो, इडन हजार्ड र लियोनल मेस्सीलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो रोजाइमा राखेका छन् ।

समग्र मतमा अवार्ड जितेका मेस्सीले ४६, दोस्रो नम्बरमा रहेका भर्जिल भान डिजेकले ३८ तथा क्रिष्टियानो रोनाल्डोले ३६ र्या ङ्क पोइन्ट पाएका छन् ।

बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका जर्गेन क्लोप्पले क्रमशः वर्षको उत्कृष्ट पुरुष खेलाडी र प्रशिक्षकको अवार्ड जिते । अमेरिकाकी मेगन रापिनोइ र उनको राष्ट्रिय टिमकी प्रशिक्षक जिल एलिसले क्रमशः महिला वर्ष खेलाडी र प्रशिक्षकको अवार्ड हात पारे ।

अवार्ड समारोहमा मेस्सी र भान डिजेकसहित फिफाको वर्ष टिममा परेका अरु सबै १० खेलाडी उपस्थित भए पनि रोनाल्डो भने उपस्थित भएका थिएनन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : ०६ बजे

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित