सीपीएल क्रिकेटः जमैकाविरुद्ध १७ रन खर्चेर सन्दीपले लिए २ विकेट | Khabarhub Khabarhub

सीपीएल क्रिकेटः जमैकाविरुद्ध १७ रन खर्चेर सन्दीपले लिए २ विकेट


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले सीपीएलमा शानदार प्रदर्शन गरेका छन् ।

सन्दीप सामेल टिम बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा अहिले जमैका तालेवाजविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

जारी खेलमा सन्दीपले जमैकाविरुद्ध किफायती बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्दीपले १७ रन खर्चेर २ विकेट लिन सफल भए । योसँगै सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पार्न सफल भएका छन् ।

ब्रिजटाउनमा जमैकाले बार्बाडोसलाई जित लागि १२८ रनको लक्ष्य दिएको छ । जमैकाका लागि ग्लेन फिलिप्सले ४१ रन बनाए । यस्तै रामेल लेविसले २७ रन जोडे ।

सीपीएलमा सन्दीपको यो खेल अन्तिम खेल हुनेछ । यस खेलपछि सन्दीप राष्ट्रिय टिममा सामेल हुन सिंगापुर आउने छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : ४६ बजे

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला