अख्तियारको हिरासतबाट छुटेका मालपोत कर्मचारी रामहरिले ज्यान गुमाए « Khabarhub

अख्तियारको हिरासतबाट छुटेका मालपोत कर्मचारी रामहरिले ज्यान गुमाए


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–घूस लिएको आरोपमा अख्तियारले पक्राउ गरेका मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीले आत्महत्या गरेका छन् ।

उनले सेवाग्राहीबाट एक हजार घुस लिएको आरोपसहित अख्तियारले उनलाई पक्राउ गरेको थियो ।

अख्तियारको हिसारतमा २२ दिन बसेका उनी १० दिन अघि मात्र हिरासतमुक्त भएका छन् ।

डिप्रेसनको औषधि पनि सेवन गरिरहेका उनले सोमबार बेलुका ज्यान गुमाएका हुन् ।

खरिदार पदमा कार्यरत सुवेदीले सेवाग्राही कृष्णप्रसाद घिमिरेसँग एक हजार घुस लिएको निष्कर्ष अख्तियारले निकालेको थियो ।

उनी विरुद्ध काठमाडौंको विशेष अदालतमा दायर भएको मुद्दामा पनि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा ३ अनुसार एक हजार बिगो माग दाबी गरिएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : ५५ बजे

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५

हर्क राई नेतृत्वको दार्चुला पुल निर्माणमा सामग्रीभन्दा प्रशासनिक खर्च बढी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)