एजेन्सी- फिफा पुरुष खेलाडीको घोषणा गर्न भव्य कार्यक्रमको व्वस्थापन गरिएको थियो । घोषणाा अघि १० खेलाडीको नाम बोलाईएको थियो। सबै लामबद्ध भए ।
खासखुस सुनियो । अनुपस्थित ? फिफाको वेभसाईटले उपस्थित हुनेको नाम पुष्टि गरेको थियो तर रोनाल्डो उपस्थित भएनन्।
पोर्चुगलका कप्तान किन गएनन् ? युभेन्टस मंगलबार ब्रेसिया को यात्रा गर्दैछ, ग्लिटजी समारोहको २४ घन्टा पछि र प्रशिक्षक मौरजियो सारिले मांशपेसीमा देखिएको समस्याका कारण रोनाल्डोलाई समारोहमा उपस्थित नहुन सुझाव दिएका थिए ।
युभेन्टसका टीम साथी डी लिग्टले मिलानका लागि ६० माईलको यात्रा गरेका थिए । मिलान, ट्यूरिन र ब्रेशियाको बीचमा पर्छ ।
ट्यूरिन टू ब्रेशिया
मिलान ट्यूरिन र ब्रेशियाबीचम पर्छ । जहां युभेन्टसले मंगलवार सिरिए खेल्दै छ ।
मेस्सी पनि मंगलवार भिल्लारियल विरुद्ध घरेलु मैदानमा उत्रिदै छन् । स्पेन का लागि उनले ९० मिनटको उडान यात्रा गर्नु पर्छ जबकि यति समयमा गाडी हाकेरै रोनाल्डो ट्यूरिन पुग्न सक्थे ।
कार्यक्रममा अनुपस्थित भएपनि रोनाल्डो खुशी थिए । कार्यक्रम सकिनासाथ उनले इन्स्टाग्राममा फोटो र सन्देश लेखे ।
“धैर्य र दृढ़ता दुई विशेषता हुन्, जो व्यवसायिकलाई खुशी पार्छन्।’ उनले लेखेका छन् ।
‘आज जे चिज ठूलो छ त्यो सानोबाट नै सुरु भएको हो । तपाई सबैथोक गर्न सक्नु हुन्न तर सपना साकार पार्नका लागि तपाई सबै गर्नुहुन्छ । ध्यान दिनुस् हरेक रात पछि बिहान हुन्छ ।’
प्रतिक्रिया