चट्यांङ पर्दा कार्टुन फ्याक्ट्रीमा आगलागी « Khabarhub

चट्यांङ पर्दा कार्टुन फ्याक्ट्रीमा आगलागी


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको एक कागजको कार्टुन बनाउने फ्याक्ट्रीमा आगलागी भएको छ ।

कागजका कार्टुनहरु उत्पादन गर्ने भरतपुर महानगरपालिका–४ नारायणगढ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ प्रालिमा आगलागी भएको हो ।

चट्याङपछि कारखानामा आगोको मुस्लो देखिएको स्थानीयले बताएका छन् । कारखानाका सञ्चालक भद्रनारायण पियाले बिहान पौने तीन बजेतिर आगलागीको खबर पाएको जानकारी दिए ।

चट्याङकै कारण आगलागी भएको सञ्चालक पियाको अनुमान छ । आगोले उत्पादन भएका कार्टुनहरु र कार्टुन उत्पादन गर्न गोदाममा राखेका कागजका ठूल्ठूला रोलहरु सबै नष्ट भएको जनाइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरपालिकाका दुईवटा र खैरहनी र कावासोती नगरपालिकाका एक एकवटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ८ : ३८ बजे

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले

ट्रम्प-सी भेटमा एआई प्रतिस्पर्धा मुख्य एजेन्डा

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी

जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु

कैलाली– कैलालीका दुई स्थानीय तहमा जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी