‘छक्का पञ्जा २’ युट्युबमा « Khabarhub

‘छक्का पञ्जा २’ युट्युबमा


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘छक्का पञ्जा २’ युट्युबमा रिलिज गरिएको छ । दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेको यो फिल्म सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यो फिल्मलाई रिलिजको १२ घण्टामा ६ लाखभन्दा बढीले हरिसकेका छन् । दीपकराज गिरीको स्किृप्ट र दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा २’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको थियो ।

चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहारी, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, विकासराज आचार्य र सामीप्यराज तिमल्सिनाको कथा रहेको छ ।

चलचित्रलाई विपिन मल्लले सम्पादन नगरेका हुन् भने दीर्घ गुरुङले खिचेका हुन् ।

चलचित्र हेरेका कतिपय दर्शकले यो फिल्म मन परेको प्रतिक्रिया दिएका छन् भने कतिले भने फिल्म नामको सिरियल भएको प्रतिक्रिया दिएका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘बलिउड फिल्मभन्दा राम्रो, उच्च गुणस्तरले सजिएको नेपाली फिल्म यसरी युट्युबममार्फत विश्वभर हामी छरिएर बसेर पनि हेर्नु सौभाग्य पाएँदा गर्व लाग्दछ ।’

अर्का प्रयोगकर्ताले भने रोष पोखेका छन् । उनको प्रतिक्रिया छ, ‘फिल्ममा नाममा सिरियल रैछ, त्यो पनि ताइ न तुइको ।’

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : १७ बजे

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको