रानु मण्डलले ‘गिफ्ट’ पाएकी थिइन् ५५ लाखको घर? सलमान खानले दिए यस्तो जवाफ « Khabarhub

रानु मण्डलले ‘गिफ्ट’ पाएकी थिइन् ५५ लाखको घर? सलमान खानले दिए यस्तो जवाफ


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सामाजिक सञ्जालबाट भाइरल भएर चर्चामा आएकी रानु मण्डल रेल स्टेशनमा गीत गाउने गर्थिन् । एकाएक उनी स्टार बनेकी छिन् ।

रानुले पश्चिम बंगालको एक रेल्वे स्टेशनमा लता मंगेशकरको गीत ‘प्यारका नगमा है’ गाएकी थिइन् । यो गीत एकाएक भाइरल भएको थियो । त्यसपछि रानु भारतभर चर्चित बनिन् ।

पछि हिमेशले पनि उनलाई एक गीत गाउने मौका दिए । उक्त गीत रुचाइयो । बीचमा खबर आयो कि, सलमान खानले रानुलाई ५५ लाखको फ्ल्याट पनि गिफ्ट दिए । लगत्तै भनियो, सलमानलाई रानुलाई ‘दबंग ३’ को एक गीत गाउने मौका पनि थिए ।

तर, यो समाचारलाई सलमान खानले झूठ भएको बताएका छन् । त्यसो त यो खबरलाई रानु मण्डलका म्यानेजरले पनि असत्य भएको बताएका थिए ।

अहिले भने सलमानले नै आफूले अहिलेसम्म कुनै गिफ्ट नगरेको बताएका छन् । सलमानले एक अन्तर्वार्तामा भने, ‘यो खबर झूठो हो, मैले पनि यो खबर सुनेँ, जब मैले केही गरेको छैन भने यसको क्रेडिट लिन सक्दिनँ, मैले केही गरेकै छैन ।’

सलमान खान अब ‘दबंग ३’ मार्फत दर्शकमाझ आउँदैछन् । यो फिल्मको निर्देशन प्रभु देवाले गरिरहेका छन् । सलमान खानलाई फेरि एकपटक चुलबुल पाण्डेको भूमिकामा देख्न पाइने भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : ४१ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन