भारतबाट ल्याइएका साढे ५ हजार चल्ला बरामद | Khabarhub Khabarhub

भारतबाट ल्याइएका साढे ५ हजार चल्ला बरामद


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले भारतबाट अवैध रुपमा आयात गरिएका कुखुराको चल्लाहरु बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी अमरपट्टीको संयुक्त गस्ती टोलीले भारतबाट ल्याएको ५ हजार ४ सय ४४ वटा अवैध चल्ला बरामद गरेको हो ।

प्रहरीका अनुसार जिल्लाको विन्दवासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सडकमा केही व्यक्ति टाउँकोमा चल्लाको रहेको ‘क्रेट’ बोकेर हिँडिरहेका थिए ।

प्रहरीको गस्ती टोली देखेपछि उनीहरु चल्ला रहेको क्रेट छाडेर भागेका थिए ।

प्रहरीले चल्ला रहेको क्रेट नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको क्रेट पशु क्वारेन्टाइन चेक पोस्ट सिस्यिामा बुझाउने कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ११ : ५९ बजे

मनाइयो सूर्यविनायकमा गणेश जन्मोत्सव एवं रथयात्रा

काठमाडौं– भक्तपुरको सुर्यविनायकमा गणेश जन्मोत्सव जात्रा एवं गणेश रथयात्रा हर्षोल्लासका

करेन्ट लागेर एक जनाको मृत्यु

बाँके– बैजनाथ गाउँपालिका-७ पेडारी बस्ने ४८ वर्षीय झक्क बहादुर भण्डारीको करेन्ट लागेर

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने

काठमाडौंमा सुरु भयो भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता

काठमाडौं– भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको

विहीबार साउथ अस्ट्रेलियासँग दुई टी–२० प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले विहीबार साउथ