राजधानीमा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ हुने | Khabarhub Khabarhub

राजधानीमा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ हुने


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संगीत तथा नृत्य विद्यालय साधना कला केन्द र लाइब नेपालको संयुक्त आयोजनामा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रमको आयोजना हुन लागेको हो । तीन दशकदेखि निरन्तर अभिनय क्षेत्रमा सक्रिय महानायक राजेश हमालको सम्मानस्वरुप यो कार्यक्रम गर्न लागिएको हो ।

आयोजकका अनुसार कार्यक्रम यही असोज १२ गते होटल सोल्टी क्राउन प्लाजामा हुनेछ । आयोजकले यस्तो खाले कार्यक्रम नेपालमै पहिलोपटक हुन लागेको जनाएको छ ।

कार्यक्रममा अभिनेता हमालले अभिनय गरेका चलचित्रका गीतहरु प्रस्तुत गरिनेछ भने भारतमा समेत ख्याती कमाएकी साधना सरगमसमेत कार्यक्रममा उपस्थिति जनाउन नेपाल आउनेछिन् ।

यस्तै कार्यक्रममा सहभागी हुन अर्का गायक इन्द्रजीत मिजार पनि नेपाल आउने आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

साधना सरगम र इन्द्रजीत मिजारले थुप्रै नेपाली गीतमा समेत स्वर दिएका छन् ।

साथै कार्यक्रममा नेपालका प्रसिद्ध गायकगायिका प्रकाश श्रेष्ठ, उमेश पाण्डे, आनन्द कार्की, यम बराल, निशान भट्टराई, रामा मण्डल, सुरज कुमार थापा, विश्व नेपाली, संजय तुम्रोक, रुपक डोटेल, सुरेश लामा, बुद्ध लामा, रवि ओड, प्रताप दास, कोमल ओली, देविका बन्दना, रमना श्रेष्ठ, प्राश्ना शाक्य, बानिका प्रधान, मीना निरौला, एनी श्रेष्ठ, गायत्री त्रिपाठी, शिला विष्ट र हास्य कलाकार सन्दिप क्षेत्री आदिको समेत प्रस्तुति रहने जनाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  २ : १८ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका