राजधानीमा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ हुने « Khabarhub

राजधानीमा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ हुने


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संगीत तथा नृत्य विद्यालय साधना कला केन्द र लाइब नेपालको संयुक्त आयोजनामा ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रमको आयोजना हुन लागेको हो । तीन दशकदेखि निरन्तर अभिनय क्षेत्रमा सक्रिय महानायक राजेश हमालको सम्मानस्वरुप यो कार्यक्रम गर्न लागिएको हो ।

आयोजकका अनुसार कार्यक्रम यही असोज १२ गते होटल सोल्टी क्राउन प्लाजामा हुनेछ । आयोजकले यस्तो खाले कार्यक्रम नेपालमै पहिलोपटक हुन लागेको जनाएको छ ।

कार्यक्रममा अभिनेता हमालले अभिनय गरेका चलचित्रका गीतहरु प्रस्तुत गरिनेछ भने भारतमा समेत ख्याती कमाएकी साधना सरगमसमेत कार्यक्रममा उपस्थिति जनाउन नेपाल आउनेछिन् ।

यस्तै कार्यक्रममा सहभागी हुन अर्का गायक इन्द्रजीत मिजार पनि नेपाल आउने आयोजकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

साधना सरगम र इन्द्रजीत मिजारले थुप्रै नेपाली गीतमा समेत स्वर दिएका छन् ।

साथै कार्यक्रममा नेपालका प्रसिद्ध गायकगायिका प्रकाश श्रेष्ठ, उमेश पाण्डे, आनन्द कार्की, यम बराल, निशान भट्टराई, रामा मण्डल, सुरज कुमार थापा, विश्व नेपाली, संजय तुम्रोक, रुपक डोटेल, सुरेश लामा, बुद्ध लामा, रवि ओड, प्रताप दास, कोमल ओली, देविका बन्दना, रमना श्रेष्ठ, प्राश्ना शाक्य, बानिका प्रधान, मीना निरौला, एनी श्रेष्ठ, गायत्री त्रिपाठी, शिला विष्ट र हास्य कलाकार सन्दिप क्षेत्री आदिको समेत प्रस्तुति रहने जनाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  २ : १८ बजे

चीनमा विनाशकारी बाढी : ३९ जनाको मृत्यु, नौ जना बेपत्ता

एजेन्सी– दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच

बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो

काठमाडौं– सरकारले १२ वर्षदेखि विभिन्न कारणले रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी

कुमारी बैंकले दियो गौमुलका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा