प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग « Khabarhub

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
 
सभाको आजको बैठकका आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) नितिमा भण्डारीले सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ९ बाट वडा नं ७ तर्फ जाँदै गरेका मोबाइल व्यवसायी नवराज सापकोटालाई बुधबार राति तीन जनाको समूहको हमला गरी लुटपाट गर्ने उद्देश्यले चार ‘राउण्ड’ गोली चलाएको जानकारी गराउँदै जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति गराउन गृह प्रशासनको  ध्यानाकर्षण गराइन् ।
 
नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलमले रौतहटको राजपुर नगरपालिकाअन्तर्गत हुलाकी राजमार्गको पुलमुनि आज बिहान एक महिलाको शव फेला परेको जानकारी गराउँदै सो घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरे।
 
रास्वपाका शिवशङ्कर यादवले सिरहामा सुविधासम्पन्न ‘बर्थिङ सेन्टर’ नहुँदा मातृशिशु मृत्युदर बढ्दै गएको उल्लेख गर्दै धनगढीमाई नगरपालिकामा रहेको महेन्द्र गेनाइ अस्पतालमा रहेको बर्थिङ सेन्टर तत्काल सञ्चालनमा ल्याउनमा माग गरे ।
 
नेपाली कम्युनिष्ट पार्टीका रमेश मल्लले सल्यानको सल्ल्यान अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा स्वास्थ्य सेवा प्रभावित भइरहेकाबारे आफूले पटक पटक ध्यानाकर्षण गराएको उल्लेख गर्दै अहिलेसम्म सो समस्याको समाधान नहुँदा नागरिकलाई सर्वसुलभ विशेषज्ञ सेवा उपलब्ध गराउने सरकारको नीति ओझेलमा परेको बताए ।
 
कांग्रेसका प्रकाशसिंह कार्कीले सोलुखुम्बु लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाको सीमा भएर बग्ने लिखुखोलामा ‘एमबी दुगड’ समूहद्वारा निर्माणाधीन जलविद्युत् आयोजनाले सम्झौताअनुसार सामाजिक उत्तरदायित्व पूरा नगरेको बताए ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  १२ : ५४ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु