‘भद्रगोल’ लाई लाइकभन्दा डिस्लाइक धेरै, ‘सक्किगोनी’ लाई दर्शकको साथ ? « Khabarhub

‘भद्रगोल’ लाई लाइकभन्दा डिस्लाइक धेरै, ‘सक्किगोनी’ लाई दर्शकको साथ ?


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आन्तरिक लफडाका कारण भद्रगोलको टीम टुक्रियो । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘भद्रगोल’ बाट छुट्टिएका कलाकारको समूहले नयाँ टेलिश्रृङ्खला ल्याएको छ । कुमार कट्टेल र अर्जुन घिमिरेले निर्देशन गरेको नयाँ श्रङ्खलाको पहिलो भागलाई दर्शकले रुचाएका छन् ।

‘सक्किगोनी’ को पहिलो भागमा उनै पात्र र चरित्रलाई देखाइएको छ तर स्थान भने फरक छ । अहिले यो टिमले छायांकनका लागि काभ्रेको पाँचखाल रोजेको छ । नयाँ परिवेशमा छायांकन गरिएको यो शृङ्खलालाई दर्शकले झनै रुचाएका छन् । दीपक आचार्यले सिरिजको निर्देशन गरिरहेका छन् ।

यो समाचार तयार पार्दासम्म पहिलो एपिसोडलाई युट्युबमा मात्र २० लाखभन्दा बढीले हेरिसकेका छन् । यस्तै शृङ्खला मन पराएको भन्दै दर्शकले प्रतिक्रिया पनि छोडेका छन् । कतिले भने यो शृङ्खलालाई ‘भद्रगोल’ सँग तुलना गरेका छन् ।

रोजी राई नामक प्रयोगकर्ताले लेखेकी छिन्, ‘उत्कृष्ट कमेडी, यस्तै गर्दै गर्नु साथी हो, अर्को एपिसोडको प्रतीक्षामा ।’

कतिले धतुरे र पाँडेको र्‍याप ब्याटललाई खुबै रुचिका साथ लिएका छन् । थापा खेमबहादुरले कमेन्ट गरेका छन्, ‘यो सक्किगोनी सिरियलको नाम भद्रगोल र भद्रगोलको नाम सक्किगोनी राख्नुपर्‍यो ।’

यता मिडिया हबको प्रस्तुति रहेको ‘भद्रगोल’ लाई भने दर्शकले गाली गरेका छन् । ‘भद्रगोल’ को नयाँ भागलाई ज्योति काफ्ले र अशोक धितालले निर्देशन गरिरहेका छन् । यसका पछिल्ला भागमा लाइकभन्दा बढी डिसलाइक आउन थालेको छ । भद्रगोलका पुराना टिमले छोडेपछि यो सिरिजले मन नजितेको धेरै दर्शकले प्रतिक्रिया दिएका छन् ।

‘जसले जे भनोस्, भद्रगोल टिम आफ्नो हिम्मत नहारी अगाडि बढोस्, शुभकामना,’ एक प्रयोगकर्ताले शुभकामना दिँदै लेखेका छन् । अर्का एक प्रयोगकर्ताले भने निराश हुँदै लेखेका छन्, ‘भद्रगोल नाम फेर्नुपर्‍यो, नामअनुसार काम भएन, भदगोल नाम सुन्दा पहिलेकै याद आउँछ, हेर्दा अहिले दिक्क लाग्छ ।’

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ३ : १४ बजे

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा