प्रचण्डलाई चिनियाँ नेताको सन्देश– विकास गरेर नै जनताको मन जित्न सकिन्छ | Khabarhub Khabarhub

प्रचण्डलाई चिनियाँ नेताको सन्देश– विकास गरेर नै जनताको मन जित्न सकिन्छ


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख सोङ ताओले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेका छन् ।

राजधानी काठमाडौंको होटेल मेरियटमा भएको भेटमा दुवै देशका कम्युनिस्ट पार्टीका गतिविधिबारे छलफल भएको जनाइएको छ ।

भेटका क्रममा नेकपा अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल र नेपाली जनतामा गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरे ।

प्रचण्डले दुई कम्युनिष्ट पार्टीबीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने बताए । प्रचण्डले भने, ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामि दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु ।’

चिनियाँ विदेश विभाग प्रमुख ताओले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । कम्युनिस्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको बताउँदै ताओले यसलाई अझै मजबुत बनाउनुपर्ने औल्याए । ‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ, ’ ताओको भनाइ थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  २ : ५६ बजे

बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो 

कमलामाई– रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका

‘नेता र सत्तामुखी मानसिकताले चुनाव जिताउन र हराउनमात्रै काम गर्छ’

पछिल्लो समय इलाम र बझाङमा भएको उपचुनाव सन्दर्भलाई लिएर विभिन्न

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस

काठमाडौं-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही आइतबार प्रदेशसभाबाट पाएको विश्वासको

भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले जाजरकोट केन्द्रबिन्दु

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् ।