अन्तर विश्वविद्यालय खेलकुदमा ६ सय १२ खेलाडीले प्रतिस्पर्धा गर्ने « Khabarhub

अन्तर विश्वविद्यालय खेलकुदमा ६ सय १२ खेलाडीले प्रतिस्पर्धा गर्ने


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –चौथो अन्तर विश्वविद्यालय राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी बिहीबारबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय विश्वविद्यालय खेलकुद संघको व्यवस्थापनमा प्रतियोगितामा ९ विश्वविद्यालय सहभागी हुने छन् ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस र दौड समावेश छन् ।

त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, पोखरा, पूर्वाञ्चल, नेपाल संस्कृत, लुम्बिनी बौद्ध, कृषि तथा वनविज्ञान र काठमाडौं विश्वविद्यालयका गरी ६ सय १२ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

आयोजकका अनुसार फुटबल लगनखेलस्थित नेपाली सेनाको मैदानमा हुनेछ भने भलिबल जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा, बास्केटबल एक्मी इन्जिनियरीङ कलेज सितापाइला, दौड आर्मीको मैदान लनखेल, चेस पिनाकल कलेज, टेबल टेनिस राष्ट्रिय टेबल टेनिस तालिम केन्द्र लैनचौर तथा ब्याडमिन्टन नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा हुनेछ ।

प्रतियोगितामा १ करोड २६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ भने ६ सय १२ खेलाडी ७६ स्वर्ण, ७६ कास्य, ७६ रजत गरी कुल २ सय २८ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ४ : २८ बजे

कार्की आयोगको प्रतिवेदनलाई प्रदीप ज्ञवालीले दिए, ‘कलाविहीन नाटक’को संज्ञा

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बहुचर्चित गौरीबहादुर कार्की नेतृत्वको

इरानले भारतलाई होर्मुज स्ट्रेट हुँदै तेल बोकेका जहाज आवतजावतको अनुमति दियो

तेहरान– इरानले भारत, चीन, रूस, इराक र पाकिस्तान लगायत ‘मित्र

वकिलहरूले चर्को शुल्क लिन्छन् भनेपछि जाँचबुझ आयोगसँग रिसायो नेपाल बार

काठमाडौं– नेपाल बार एसोसिएसनले भदौ २३ र २४ का विध्वंस

शपथअघि राप्रपा सांसदहरू पुगे पशुपतिनाथ, हिन्दू राष्ट्रको अठोट

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले संसदको शपथ ग्रहणअघि पशुपतिनाथ