इण्डो प्यासिफिक स्ट्राटेजीलाई लिएर चीनले भ्रम फैलाएको रिपब्लिक पार्टीको आरोप « Khabarhub

इण्डो प्यासिफिक स्ट्राटेजीलाई लिएर चीनले भ्रम फैलाएको रिपब्लिक पार्टीको आरोप


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल रिपब्लिक पार्टीले अमेरिकाले अघि सारेको इण्डो प्यासिफिक स्ट्राटेजी नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिप्रति आपत्ति जनाएको छ ।

पार्टीका अध्यक्ष सिद्धार्थ गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ सरकारको यस क्षुद्र, कुटिलतापूर्ण र लज्जास्पद कृत्यको भर्त्सना गर्दछ ।’

नेपाल सरकार इण्डो प्यासिफिक स्ट्राटेजीको पक्षमा रहेको तथ्य नेपालका परराष्ट्रमन्त्रीमार्फत यसअघि नै स्पष्ट भइसकेको उल्लेख गर्दै नेपालको आधिकारिक अडानबारे विश्व समुदाय अवगत रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल सरकारको कुनै पनि आधिकारिक प्रतिनिधिले व्यक्त नगरेको आधारहीन कुरालाई विज्ञप्तिमार्फत भ्रम फैलाउनु चीनको नेपालमा भाँडभैलो मच्चाउन खोज्ने योजनाको पूर्वरुप भएको पार्टीले आरोप लगाएको छ ।

चीनले नेपालप्रति हेपाहापन देखाएको र यसको झलक चिनियाँ विदेशमन्त्रीको हालै सम्पन्न नेपाल भ्रमणका अवसरमा सहयोगका नामा उसले देखाएको व्यवहारबाट स्पष्ट भएको उल्लेख छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : ३२ बजे

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा