बन्दुक बोक्दैमा कम्युनिस्ट भइन्न, क्रान्ति पूरा हुन बाँकी छः बिजुक्छे « Khabarhub

बन्दुक बोक्दैमा कम्युनिस्ट भइन्न, क्रान्ति पूरा हुन बाँकी छः बिजुक्छे


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफूलाई पार्टीले खटाएकै कारण पुनः अध्यक्ष बनेको बताएका छन् ।

उनले समाजवादको संकल्पसहित आफू पुनः अध्यक्ष बनेको र यसका लागि नेपाल मजदूर किसान पार्टी प्रतिवद्ध रहेको बताए ।

बिजुक्छे निवास भक्तपुरको कमलविनायकमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दैं बिजुक्छेले भने, ‘व्यक्तिगत इच्छा र चाहाना भन्दा पनि पार्टीको आवश्यकतामा रहेर आफुहरुले पार्टीले तोकेको पदमा रहेर काम गर्दर्छौं ।’

संघीय संसद र ३ नम्बर प्रदेशको संसदमा साच्चो प्रतिपक्ष भनेको नेमकिपा मात्र भएको भन्दै उनले भागबण्डामा भाग लिने प्रतिपक्ष हुन नसक्ने बताए । ‘नेपाली काँग्रेसले कि त भागबण्डामा भाग लिनु भएन कि त प्रतिपक्ष भन्नु भएन’ बिजुक्छेले भने ।

नेपालका नेकपा लगायतका कम्युनिष्ट भन्ने दलहरु कम्युनिष्ट नै नभएको बताउँदै आफूहरुले बिगतदेखि भन्दै आएको र केही दिन अगाडि प्रचण्डले समेत उक्त कुरा सार्वजनिक कार्यक्रम स्वीकार गरेको उनले दाबी गरे ।

‘बन्दुक बोक्ने नै कम्युनिष्ट हुने भए पृथ्वीनारायण शाह, राणा शासक, काँग्रेस सबै कम्युनिष्ट हुने थिए’ बिजुक्छेले भने ।

नागरिकता विधेयक बारेमा बोल्दै बिजुक्छेले भने, ‘एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिने कुरा राम्रो होइन ।’ बाहिरका मानिसलाई नागरिकता दिँदा धेरै कुरा विचार गरेरमात्र दिनुपर्ने उनको भनाई छ ।

कार्य विभाजन र प्रदेश इन्चार्ज तोकियो

नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट नारायणमान बिजुक्छें रोहित अध्यक्षतामा २८ सदस्य कार्य समिति चयन भएको छ । मंगलबार बसेको पार्टीको बैठकले सचिवालय गठन गरेको छ । जसमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति र नन्दबहादुर शाही रहेका छन् ।

केन्द्रीय सदस्यहरुमा डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिंह विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह रहेका छन् ।

कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक केन्द्रीय सदस्य छन् । आजको बैठकले रविन्द्र ज्याख्व केन्द्रीय सदस्य र राजेन्द्र चवाल र नारायणबहादुर दुवाललाई वैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त गरेको नेमकिपाले जानकारी दिएको छ ।

प्रदेश संयोजक समेत तोकेको छ । जसमा प्रदेश १ मा उकेश कवां, २ मा सुरेन्द्रराज गोसाई, ३ मा प्रेम सुवाल, गण्डकीमा डिल्लीप्रसाद काफ्ले, ५ मा हरिसुन्दर वासी, कर्णालीमा सरोजराज गोसाई र सुदुरपश्चिम प्रदेशमा नन्दबहादुर शाहीलाई चयन गरेको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : १० बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।