दशैंको १ हप्तासम्म सार्वजनिक सवारी साधनले रुट परमिट लिनु नपर्ने « Khabarhub

दशैंको १ हप्तासम्म सार्वजनिक सवारी साधनले रुट परमिट लिनु नपर्ने


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले दशैंका लागि आवागमन सहज बनाउन भन्दै सार्वजनिक यातायातका साधनले १ साताका लागि रुट परमिट लिनु नपर्ने व्यवस्था गरेको छ ।

विभागले असोज १२ देखि १९ गतेसम्मका लागि रुट परमिट विनै देशको जुनसुकै ठाउँमा पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो ।

नियमित अवस्थामा भने रुट परमिट प्राप्त बाटोमा मात्रै सार्वजनिक सवारीका साधन सञ्चालन गर्न पाइन्छ ।

रुट परमिट फ्रि भएसँगै सार्वजनिक यातायातका साधनहरु यात्रुको चापअनुसार सञ्चालन हुन पाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए ।

‘नियमित अवस्थामा सार्वजनिक यातायातका साधनले रुट परमिट लिएको क्षेत्रमा मात्रै आफ्नो सेवा प्रदान गर्न पाउँछन्,’ हमालले भने, ‘दशैंमा यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक यातायातका साधनको रुट परिमिट फ्रि गरिउको हो । असोज १२ देखि १९ गतेसम्म कालो नम्बर प्लेट भएका सवारीसाधनहरु यात्रुको चापअनुसार जुनसुकै ठाउँमा पनि चल्न सक्छन् ।’

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : १३ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल