दशैंको १ हप्तासम्म सार्वजनिक सवारी साधनले रुट परमिट लिनु नपर्ने « Khabarhub

दशैंको १ हप्तासम्म सार्वजनिक सवारी साधनले रुट परमिट लिनु नपर्ने


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले दशैंका लागि आवागमन सहज बनाउन भन्दै सार्वजनिक यातायातका साधनले १ साताका लागि रुट परमिट लिनु नपर्ने व्यवस्था गरेको छ ।

विभागले असोज १२ देखि १९ गतेसम्मका लागि रुट परमिट विनै देशको जुनसुकै ठाउँमा पनि सार्वजनिक यातायातका साधन सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो ।

नियमित अवस्थामा भने रुट परमिट प्राप्त बाटोमा मात्रै सार्वजनिक सवारीका साधन सञ्चालन गर्न पाइन्छ ।

रुट परमिट फ्रि भएसँगै सार्वजनिक यातायातका साधनहरु यात्रुको चापअनुसार सञ्चालन हुन पाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए ।

‘नियमित अवस्थामा सार्वजनिक यातायातका साधनले रुट परमिट लिएको क्षेत्रमा मात्रै आफ्नो सेवा प्रदान गर्न पाउँछन्,’ हमालले भने, ‘दशैंमा यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक यातायातका साधनको रुट परिमिट फ्रि गरिउको हो । असोज १२ देखि १९ गतेसम्म कालो नम्बर प्लेट भएका सवारीसाधनहरु यात्रुको चापअनुसार जुनसुकै ठाउँमा पनि चल्न सक्छन् ।’

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ५ : १३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले