सिप्रदीले नेपाली बजारमा भित्र्यायो ‘मिचेलिन’ ब्राण्डका टायर « Khabarhub

सिप्रदीले नेपाली बजारमा भित्र्यायो ‘मिचेलिन’ ब्राण्डका टायर


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालिले फ्रान्सेली कम्पनी ‘मिचेलिन’ ब्राण्डका टायरहरु नेपाली बजारमा भित्र्याएको छ ।

मंगलबार काठमाडौंमा औपचारिक कार्यक्रमको आयोजना गरी सिप्रदीले ‘मिचेलिन’ ब्राण्डका टायरहरु नेपाली बजारमा भित्र्याएको जानकारी दिएको हो ।

सार्क क्षेत्रका लागि महाप्रबन्धक प्रदीप थाम्पीले नेपालमा यो टायर भित्र्याउन पाउँदा आफूहरु निकै खुशी भएको बताए । नेपालको भौगालिक अवस्थाबारे अनुगमन गरी सोही अनुसारको टायर ल्याइएको सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) राजनबाबु श्रेष्ठले बताए ।

‘हामीले ३७ वर्षदेखि हाम्रा प्रोडक्टहरु नेपाली बजारमा ल्याएर विक्री वितरण गरिरहेका छौं’ उनले भने ‘सिप्रदीले गुणस्तरीय र कन्फर्ट कसरी बनाउन सकिन्छ भन्ने कुरालाई मध्यनजर गर्दै नयाँ प्रोडक्टहरु बजारमा ल्याउने गर्दछ ।’

नेपाली बजारमा ल्याइएको ‘मिचेलिन’ ब्राण्डको टायर सार्वजनिक कार्यक्रममा सहभागी अतिथिहरु

उनले विश्व बजारमा ‘मिचेलिन’ टायर स्थापित भइसकेको बताउँदै नेपालमा पनि यसले चाँडै स्थान लिने विश्वास लिए ।

‘हामीले नेपाली बजारमा जुनसुकै प्रोडक्ट ल्याउँदा पनि यहाँको बाटोघाटो अनुसार ठिक छ या छैन भनेर जाँच गरी ल्याउने गरेका छौं ।’ सीइओ श्रेष्ठले भने ।

सिप्रदीले विगत ३७ वर्षदेखि अटो मोवाइल तथा इक्युपमेन्ट लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

मिचेलिन टायर विश्वका १ सय ७० भन्दा बढी मुलुकहरुमा प्रयोग हुँदै आएको छ । नेपालमा पनि दुई पांग्रे तथा चार पांग्रे सार्वजनिक यातायातमा प्रयोग हुने गरी मिचेलिन टायर भित्र्याइएको सिप्रदीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : २४ बजे

भदौदेखि पुनः आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं- नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने

मानव-वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन ‘हात्ती सेन्चुरी’ कार्यक्रम : मन्त्री चौधरी

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव वन्यजन्तुबीचको सहअस्तित्व

सुनकोशीमा बेपत्ता पराजुली दम्पती अझै भेटिएनन्, आजपनि खोजी जारी

काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

शशांक भन्छन्- देउवा स्वदेश फर्किँदा धरपकड भए विरोध गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर

पूर्वानुमानमा आधारित विपद् प्रतिकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता

सुदूरपश्चिम– सुदूरपश्चिममा जलवायु उत्थानशीलता तथा विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यलाई स्थानीय