यू-१८ फुटबल टोलीका प्रशिक्षक श्रेष्ठद्वारा राजीनामाको घोषणा « Khabarhub

यू-१८ फुटबल टोलीका प्रशिक्षक श्रेष्ठद्वारा राजीनामाको घोषणा


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली युवा टोली घरेलु मैदानमा जारी यू-१८ साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएसँगै प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिने घोषणा गरेका छन् ।

समूहको पहिलो खेलमा नै खराब प्रदर्शन गरेको नेपाल प्रतियोगितामा कमजोर प्रतिद्वन्द्वी मानिएको भुटानसँग ३-० को लजास्पद हार ब्यहोर्न पुगेको थियो । माल्दिभ्ससँग १-१ को बराबरी र भुटानसँगको हारसँगै टोलीको यात्रा माल्दिभ्स र भुटानको खेलमा निर्भर थियो ।

आज भएको समूहको अन्तिम खेलमा यी दुबै टोलीले गोलरहित बराबरी खेलेसँगै नेपाल समूह चरणबाट बाहिरिएको हो । लगत्तै श्रेष्ठले हारको सम्पूर्ण जिम्मेवारी लिँदै प्रशिक्षकबाट राजिनामा दिएको घोषणा गरे । उनले भने, “नैतिकताका आधारमा राजीनामा दिन्छु । हारको सम्पूर्ण जिम्मेवारी लिन्छु । मैले तीन प्रतियोगितामा प्रशिक्षण गरे । तर नतिजा निकाल्न नसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ नै । भोलि सचिवालय गएर राजीनामा पत्र दिनेछु ।”

उनले राजीनामाको निर्णय भने भुटानसँगको हारसँगै गरेको पनि बताए । नतिजा निकाल्न नसके पनि आफ्नो प्रशिक्षणमा खेलाडीको प्रदर्शन भने राम्रो भएको प्रशिक्षक श्रेष्ठको दावी छ । यसअघि प्रि-म्याच कन्फेरेन्समा उनले घरेलु मैदानमा उपाधिमा ह्याट्रिक गर्ने बताएका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : ३२ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको